आँबुखैरेनी प्रहरीद्वारा मौलो पूजा

दमौली न्युज
  • ख-
  • ख+

आँबुखैरेनी : चैत्र शुक्ल अष्टमी अर्थात् चैते दशैंको अवसरमा इलाका प्रहरी कार्यालय आँबुखैरेनी, तनहुँमा आज मौलो पूजा कार्यक्रम सम्पन्न गरिएको छ।

नेपाल प्रहरीले परम्परागत रूपमा मनाउँदै आएको उक्त पर्वको अवसरमा कार्यालय प्रमुख प्रहरी निरीक्षक प्रदिप सुवेदीको नेतृत्वमा मौलो पूजा, अर्चना तथा सङ्कल्प पूजा आराधना गरिएको हो।

कार्यक्रममा उपस्थित प्रहरी कर्मचारीहरूले श्रद्धा र भक्तिपूर्वक पूजा सम्पन्न गरेका थिए। धार्मिक तथा सांस्कृतिक परम्पराको संरक्षण गर्दै आयोजना गरिएको उक्त कार्यक्रम शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको जनाइएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्