सडक स्तर उन्नति कार्य श्रमदान मार्फत सुरु

दमौली न्युज
  • ख-
  • ख+

आँबुखैरेनी: तनहुँको आँबुखैरेनी गाउँपालिकाको वडा नं.१, २ र ६ जोड्ने गिराउन चौर–गाउँकोट–हिलेखर्क सडकको स्तर उन्नति कार्य जनता स्वयंको सहभागितामा श्रमदानमार्फत सुरु गरिएको छ। स्थानीय बासिन्दाहरूको सक्रियतामा सडक सुधारका लागि श्रमदान कार्यक्रम सञ्चालन गरिएको हो।

वर्षायाममा हिलो र खराव अवस्थामा रहने सडक सुधार गरी सहज आवागमन सुनिश्चित गर्ने उद्देश्यले स्थानीयवासी, जनप्रतिनिधि र अन्य सरोकारवालाहरूको सहकार्यमा यो अभियान थालिएको हो। सडक स्तरोन्नतिको यो कार्यले गाउँहरू बीचको यातायात सुविधा सहज हुने, कृषिजन्य उत्पादन बजारमा पुर्याउन मद्दत पुग्ने र सामाजिक तथा आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

पालिका सरकारको प्राविधिक सहयोगमा र जनश्रमको आधारमा अगाडि बढाइएको यो अभियानलाई दीर्घकालीन रुपमा व्यवस्थित ढंगले निरन्तरता दिने योजना गाउँपालिकाले बनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्