भानु : उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले नयाँ शहर आयाेजना कार्यालय डुम्रे-भन्सार तनहुँकाे एकीकृत सरकरी भवन उद्घाटन गरेका छन् ।
कांग्रेस पूर्वमहामन्त्री समेत रहेका सिंहले तनहुँको भानु नगरपालिकामा नयाँ शहर आयोजना कार्यालय डुम्रे–भन्सार तनहुँको एकीकृत सरकारी भवनको उद्घाटन गर्दै उपप्रधानमन्त्री सिंहले शिक्षा, स्वास्थ र पूर्वाधार विकाससँगै अब युवाहरूलाई गाउँमै रोजगारी सिर्जना गर्ने तर्फ पनि स्थानीय सरकारले योजनाहरू बनाउनु पर्ने उनको भनाई थियो ।
एकीकृत सरकारी भवनले सेवा प्रवाह सहज हुने विश्वास व्यक्त गर्दै उपप्रधानमन्त्री सिंहले नगरपालिकाका हरेक गतिविधिमा युवा, महिला, वृद्धवृद्धा सहित समाजका सबै तहका व्यक्तिहरूलाई समेट्नु पर्नेमा जोड दिएका थिए। उनले तल्लो तहबाटै अनुशासित स्वयंसेवी नागरिक बनाउन सके मात्रै असल समाज बन्ने भएकाले स्थानीय सरकारले त्यस तर्फ पनि ध्यान दिनु जिकिर गरेद।
राजनीतिक स्थायित्व विना विकासले गति लिन नसक्ने भन्दै उनले राजनीति स्थीरताका लागि अहिले संसदका दुई ठुला पार्टी मिलेर सरकार बनाएको समेत उनले बताए ।