बन्चरो प्रहार गरी श्रीमानले गरे श्रीमतीको हत्या

दमौली न्युज
  • ख-
  • ख+

दमौली : तनहुँको भानु नगरपालिका – ८ गैरीफाँटमा ४२ वर्षीय ओमनारायण श्रेष्ठले श्रीमतीको हत्या गरेका छन् ।

श्रेष्ठले बिहीबार ३९ वर्षीय प्रतिक्षा श्रेष्ठलाई बन्चरो प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए । बन्चरोको प्रहारबाट घाइते श्रेष्ठलाई उपचारका लागि दमौली अस्पताल ल्याइएकामा चिकित्सकले मृत घोषणा गरीएको हो ।

घरायसी झगडाका कारण घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताइएको छ । हत्या अभियुक्त श्रीमानलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालिएको पनि थापाले बताए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्