ऋषिङ्ग गाँउपालिकाको बजेट ५२ करोड २४ लाख ४ हजार

दमौली न्युज
  • ख-
  • ख+

तनहुँको ऋषिङ गाँउपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ५२ करोड २४ लाख ४ हजारको बजेट प्रस्तुत गरेको छ । गाउँसभाको १६ औं अधिवेशनमा सोमबार बजेट प्रस्तुत गदै उपाध्यक्ष गिनुमाया थापाले आगामी आर्थिक वर्षका लागि उक्त अनुमानित गरिएको उल्लेख गरिन् ।

त्यस्तै पालिकाले कृषि, संस्कृति, पर्यटन र पूर्वधारलाई प्राथमिकतामा राखेर आगमी वर्षको लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । गाउँसभामा अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले ऋषिङ समृद्धिको आधार ःकृषि,संस्कृति,पर्यटन र पूर्वधार भन्ने नारालाई प्राथमिकतामा राखिएको उल्लेख गरे ।

उज्यालो ऋषिङ,खरको छानोमुक्त, ऋषिङ फर्क, एक वडा एक उत्पादन, सासु सँगै बुहारी जस्ता अभियान र कार्यक्रमलाई थप व्यवस्थित गरि निरन्रता दिनेगरी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बनाईएको उनले बताए ।

त्यस्तै अध्यक्ष श्रेष्ठले बाँझो जग्गाहरुको उपयोग निति,उत्कृष्ट विद्यार्थीलाई निःशुल्क शिक्षा सँगै विभिन्न आयोगको तयारी कक्षा सञ्चालन गर्न गाउँपालिका तयार रहेको उल्लेख गरे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्