चौथो ऋषिङ्ग अध्यक्ष कप बाग्लुङ्गको गल्कोट नगरपालिकाको पोल्टामा

दमौली न्युज
  • ख-
  • ख+


चौथो ऋषिङ्ग  अध्यक्ष कप २०८० को उपाधि  गल्कोट नगरपालिकाले हात पारेको छ। ऋषिङ्ग गाउँपालिका द्वारा आयोजित चौथो ऋषिङ्ग अध्यक्ष कपमा सहभागी १३ वटा स्थानीय तहलाई पछि पार्दै बाग्लुङको गल्कोट नगरपालिकाले बुधबार भएको फाइनल खेलमा तनहुँको शुक्लागण्डकी नगरपालिकालाई ३/१ को सेटले पराजित गर्दै  उपाधि हात पारेको हो ।

खेलको विजेता  समूहले नगद रु.१ लाख ८७ हजार राशि साथै मेडल तथा प्रमाणपत्र  दोस्रो  हुन सफल शुक्लागण्डकी नगरपालिकाले १ लाख २० हजार र तेस्रो हुन सफल बौदीकाली गाउँपालिकाले ५४ हजार
तथा सान्तवना हुन सफल भिमात नगरपालिकाले १३ हजार ५ सय राशि बराबरको पुरस्कार प्राप्त गरेको

छन्  । 

खेलमा गल्कोट नगरपालिकाका सुमी बिक उत्कृष्ट खेलाडीका रूपमा पुरस्कृत भएका थिए भने प्रतियोगिता अवधिभर उत्कृष्ट सेटर का रुपमा गल्कोट कै मिन सुनार,  बेस्ट स्पाईकरका रूपमा बौदीकाली गाउँपालिकाका असिस श्रेष्ठ, बेस्ट डिफेन्डरका रूपमा बौदीकालीका सुरण गाहा पुरस्कृत हुन सफल भएका छन् ।

प्रतियोगिताका विजेताहरुलाई  समूहहरूलाई खेल समापन कार्यक्रमका प्रमुख अतिथि व्यास नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपानेले पुरस्कार प्रदान गरेका थिए । 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी