ऋषिङ्गका कंडेल प्रधानमन्त्री कपका लागि छनोट

दमौली न्युज
  • ख-
  • ख+


संजय श्रेष्ठ, दमौली ।

ऋषिङ्ग गाउँपालिका वडा नम्बर ५ का समिर कंडेल गण्डकी प्रदेशबाट प्रधानमन्त्री कपका लागि छनोट भएका  छन् ।  प्रधानमन्त्री कप पुरुष एकदवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि गण्डकी प्रदेश बाट छनोट भएका १४ सदस्यीय टोलीमा ऋषिङ्गका कंडेल पनि अटाउन सफल भएका हुन् ।


भौगोलिक हिसाबले  भिरालो र  पहाडी धरातल रहेको ऋषिङ्गमा क्रिकेट मैदान नदेखेका कँडेलले गण्डकी प्रदेशको क्रिकेट टिममा उप कप्तानको जिम्मेवारी समेत पाएका छन् । क्रिकेट संघ गण्डकी प्रदेशको  विपिन खत्रीको नेतृत्वमा १४ सदस्य टोली घोषणा गरेको हो।  प्रधानमन्त्री कपका लागि तनहुँबाट अन्य ३ खेलाडिहरु चन्द्रकान्त पौडेल, सन्दिप पराजुली र क्रिस ऐयर समेत छनोट भएका छन् । 

प्रधानमन्त्री कप  भोलि पुस २८ देखि माघ २० गतेसम्म हुँदैछ। प्रतियोगिताका खेलहरू कीर्तिपुरस्थित त्रिबी क्रिकेट मैदान, मूलपानी क्रिकेट मैदान र भैरहवा स्थित सिद्धार्थ रङ्गशालामा हुनेछन्।  गण्डकी प्रदेशले पुष २८ मा लुम्बिनीसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी