ऋषिङ्ग गाउँपालिकाको १५ औं  अधिवेशन सम्पन्न

दमौली न्युज
  • ख-
  • ख+

ऋषिङ्ग गाउँपालिकाको १५ औं  अधिवेशन सम्पन्न भएको छ । ऋषिङ्ग गाउँपालिकाका  अध्यक्ष राजेन्द्र कृष्ण श्रेष्ठको अध्यक्षतामा १५ औं गाउँ सभा गाउँपालिकाको सभाहल पोखरी भञ्ज्याङमा समपन्न भएको हो ।  कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष गिनु माया थापाले बजेट नीति तथा कार्यक्रम सम्बन्धी विवरण प्रस्तुत गरेकी थिइन्। 


अधिवेशनमा  गाउँसभाले आर्थिक वर्ष २०८०।८१ अन्तर्गत हाल सम्मको योजना तथा कार्यक्रमहरुको प्रगति विवरण तथा समिक्षा गरिएको  थियो । ऋषिङ गाउँपालिकाले आर्थिक वर्ष २०८०।८१ मा ५७ करोड ६२ लाख ६३ हजार कुल बजेट विनियोजन गरेकोमा हालसम्म वित्तिय प्रगति २२ प्रतिशत रहेको छ । जसमध्ये चालु आर्थिक वर्षमा वित्तिय प्रगति २५ प्रतिशत र पुँजीगत खर्चको वित्तिय प्रगति १८ प्रतिशत रहेको छ । पुँजीगत कार्यक्रमको भौतिक प्रगति भने करिब ३५ प्रतिशत रहेको छ ।ऋषिङ गाउँपालिकाले आफ्नो नीति तथा कार्यक्रम समिक्षामा केही विकास योजनाहरुलाई महत्वपुर्ण उपलब्धीहरुको रुपमा लिएको छ ।

ऋषिङ्ग फर्क अभियानका लागि गाउँपालिकाले प्रती परिवार १ लाख रकम अनुदान दिने व्यवस्था गरेको भएता पनि हाल सम्म ऋषिङ्ग फर्कनेको संख्या  नभएकोले फरक रणनीति अनुसार कार्यक्रम अघि बढाउनेमा पालिका लागेको सभाध्यक्ष  श्रेष्ठ जानकारी दिए । झापुटार काहुँ चालिसे मोटर मार्गलाई प्राथमिकतामा राखेर योजना अगाडि बढाइएको छ उनले भने ।

चालु आर्थिक वर्षमा दिउली खोलाको पुल टेण्डर सम्पन्न भई योजना कार्यन्वयनको चरणमा रहेको, श्रृङ्गपथ मोटरमार्ग, चालिसे-झापुटार मोटर मार्ग, ढुङ्गाडे-सपाङदी रुपटार मोटर मार्ग निर्माणको लागि ठेक्का सम्झौता भई काम सुचारु हुने चरणमा अगाडी बढेको छ ।

गाउँसभाले “ऋषिङ गाउँपालिकाको जलस्रोत ऐन-२०८०” सर्वसम्मत रुपमा पारित गरेको ऋषिङ गाउँपालिका प्रवक्त विजय दरैले जानकरी दिए ।कार्यक्रममा ८ ओटा वडाका अध्यक्ष तथा कार्यपालिका सदस्यहरूले आगामी आर्थिक वर्षको लागि बजेट विनियोजन र कार्यानवयन सम्बन्धी सुझाव प्रस्तुत गरेको थिए । कार्यक्रममा पालिकाका जनप्रतिनिधि तथा, कर्मचारी एवं स्थानीय सरोकारवालाहरुको उपस्थिति रहेको थियो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी