मितेरी गाउँ ऋषिङ्गमा आदिकवि क्याम्पसकाे विज्ञान मेला सम्पन्न

दमौली न्युज
  • ख-
  • ख+

आश्विन २१ , ऋषिङ्ग ।
११ औं राष्ट्रीय बिज्ञान दिवस-२०८० को सन्दर्भमा ऋषिङ्ग गाउँपालिकाको सहयोगमा तनहुँको दमौलिस्थित आदिकवि भानुभक्त क्याम्पसले बिज्ञान मेला-२०८० सम्पन्न गरेको छ । कार्यक्रममा प्रमुख अतिथी राजेन्द्रकृष्ण श्रेष्ठले विज्ञान मेला-२०८० ले ऋषिङ्गकाे प्रविधिको विकास तर्फ मार्गदर्शन गर्दै आम विद्यार्थिका भावनाहरुलाई साक्षात्कार गर्ने अवसर प्रदान गरेको बताउनुभयो । उहाँले गाउँपालिकाको अगुवाई तथा आफ्नै बजेटबाट भौतिक र सामाजिक बिकास सँगै प्रविधिको क्षेत्रमा संसारले मारेको फड्कोलाई आत्मसात गर्दै ऋषिङ्गलाई बिज्ञान तथा प्रबिधिको क्षेत्रमा पनि एक अभियान थाल्ने बताउनुभयो । उहाँले ऋषिङ्गका आकांक्षाहरुलाई यो कार्यक्रम एक सुचकको रुपमा रहने र यसका सुचकहरुलाई गाउँपालिकाले सर्बाङ्गिण बिकासका लागि आधार बनाएर समग्र ऋषिङ्ग विकासका निमित्त कार्यक्रमहरु लागू गर्ने बताउनुभयो ।
कार्यक्रममा आदिकवि भानुभक्त क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले यो मेलाले क्याम्पसका विद्यार्थिहरुका लागि प्रविधी विकासको आधारभुत सिकाईका कार्यमन्च निर्माण गर्ने र ऋषिङ्गमा प्रविधिको बिकाससँगै यसका प्रचारमा क्याम्पस सहयोगी बन्ने धारणा व्यत्त् गर्नुभयो ।


मेलामा बिज्ञान सामाग्री प्रदर्शनी तर्फ शिव सरस्वती मा.वि., बत्तृत्वकला तर्फ सरस्वती आधारभुत र चित्रकला तर्फ दिपक मा.बि. ले सर्बोत्कृष्टता प्राप्त गरेका छन् ।
क्याम्पसका अध्यक्ष बुद्धिमान श्रेष्ठको अध्यक्षतामा संचालित कार्यक्रममा ऋषिङ्ग गाउँपालिकाका उपाध्यक्ष गिनुमाया थापा, क्याम्पस संचालक समिती सदस्य मोहन गिरि, प्रमुख प्रशासकिय अधिकृत चीन बहादुर रानाभाट, आदिकबी भानुभक्त क्याम्पसका प्रमुख महाप्रसाद हड्खले, शिव सरस्वती मा।बि।का अध्यक्ष दान बहादुर श्रेष्ठ लगातले शुभकामना मन्तब्य राखेका थिए भने शान्ती मा.वि.का प्रधानाध्यापक ऋषिराम रानाभाटले कार्यक्रम संचालन गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी