लायन्स क्लब अफ तनहुँ डुम्रेको रक्तदानमा २५ युनिट संकलन

  • ख-
  • ख+

डुम्रेः लायन्स क्लब अफ तनहुँ डुम्रेले डुम्रे बजारमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा २५ युनिट रगत संकलन भएको छ ।
बन्दीपुर गाउँपालिकाका वडा नं १ का अध्यक्ष भानुभक्त पोखरेलले ब्लड ब्याग दिएर कार्यक्रम उद्घाटन गरे ।


उनले कार्यक्रम अहिलेको अवस्थामा सान्दर्भिक भएको बताए । रक्तदान कम हुँदा अभाव हुने अवस्था आएकाले कार्यक्रम गरिएको क्लबका अध्यक्ष बैस गुरुङले जानकारी दिए ।

कार्यक्रममा बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापा, लायन्स डिष्ट्रिक्टका रक्तदान संयोजक बालकृष्ण शर्मा, रक्त सञ्चार प्रमुख अर्जुन ज्ञवाली, प्रहरी चौकी डुम्रेका प्रमुख प्रकाश भुसाल, डुम्रे टोल विकास संस्था का अध्यक्ष भगवान श्रेष्ठ, क्याबिनेट सदस्य ऋषि राम अधिकारी, क्षेत्रिय होटल संघ तनहुँका अध्यक्ष राम जोशी, तनहुँ उद्योग वाणिज्य संघ डुम्रे इकाइका अध्यक्ष नेक महम्मद मियाँ,विमल नगर इकाइका सभापति गणेश तिवारी, नेपाली कांग्रेस बन्दिपुरका सभापति कर्ण खत्री लगायत उपस्थित थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी