ऋषिङ्गमा सहिदहरुको शालिक अनावरण, पुस्तिका विमोचन तथा पूर्ण खोप घोषणा कार्यक्रम सम्पन्न

दमौली न्युज
  • ख-
  • ख+

संजय श्रेष्ठ

ऋषिङ्ग ।
ऋषिङ्ग गाउँपालिका वडा नं ७ चन्दने स्थित शहिदपार्कमा रहेको शहिदहरुको शालिक अनावरण पालिकाको वार्षिक कार्य प्रगति विवरण पुस्तिका विमाेचन तथा पुण खाेप गाउँपालिका सुनिश्चितता घाेषणा कार्यक्रम र जेष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न भएको छ। नेपाल सरकारका पुर्व मन्त्री एवम संघिय सांसद माननीय शंकर भण्डारिले एक कार्यक्रमका बिच शनिबार शालिक अनावरण गर्नुभएको हो । प्रजातन्त्र , लोकतन्त्र एवम गणतन्त्र प्राप्तिका लागि शहादत प्राप्त शहिदहरुको सम्झनामा निर्माण सम्पन्न भएको उक्त शहिदपार्क सार्बजनिक रुपमा खुल्ला गरिएको गाउँपालिकाले जनाएको छ ।

अनावरण लगत्तै गाउँपालिकामा आयोजित पुर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा तथा बार्षिक प्रगती प्रतिबेदन बिमोचन भएको छ । कार्यक्रममा बोल्दै भण्डारीले तनहुँ गण्डकी प्रदेशकै सम्भावना भएको जिल्ला भएको बताए । आफूले चुनावी मैदानमा होमिदै गर्दा गरेका प्रतिबद्धता र र जन्ता सँग गरेका बाचाहरुलाई पूरा गर्न लागि परेको बताए । तनहुँ लगाएत प्रदेश भित्र हुँदै गरेका विकास निर्माणका कामहरूलाई ढिला सुस्ती हुन नदिई छिटो र गुणस्तरीय काम सम्पन्न गर्नका लागि निर्देशन समेत दिँदै आएको छु उनले भने । ऋषिङ्ग गाउँपालिका द्वारा प्राकाशित उक्त प्रतिवेदन संघिय सांसद माननीय शंकर भण्डारिले विमोचन गरेका थिए । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले ऋषिङ्ग पुर्ण खोप सुनिश्चित गाउँपालिका भएको प्रमाणपत्र गाउँपालिका अध्यक्ष राजेन्द्र कृष्ण श्रेष्ठलाई हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा संविधान सभा सदस्य ध्रुव वाग्ले, नेकपा माओबादी नेत्री आशा खनाल कोइराला, जिल्ला समन्वय समिति प्रमुख शान्तिरमण वाग्ले, घिरिङ्ग गाउँपालिकाका अध्यक्ष होम बहादुर थापा, गाउँपालिका उपाध्यक्ष गिनुमाया थापा, प्रमुख प्रशासकीय अधिकृत चीन बहादुर रानाभाट, ८ ओटा वडाका वडाध्यक्ष एवम् स्वास्थ्य स्वास्थ्य स्वयंम सेविका, जनप्रतिनिधिहरु, कर्मचारी र जनसभागित रहेको थियो ।


कार्यक्रमका सभाध्यक्ष गाउँपालिकाका अध्यक्ष राजेन्द्र कृष्ण श्रेष्ठले यहाँको विकास निर्माणको कामलाई थप तिब्रताका साथ अगाडि बढाउन आफू लागि परेको बताएका छन् ।
भिरकोट अस्पतालमा डाक्टर राखेर सेवा स्वास्थ सेवा प्रवाह गर्ने, संघीय सरकार , प्रदेश र स्थानीय तह सँग ऋषिङ्ग गाउँपालिकाले सहकार्य गरेर ठूला तथा मझौला विकास निर्माणका कामलाई आफ्नो ठाउँमा आगाडी बढाएको र आगामी दिनहरुमा पनि बढाउने श्रेष्ठले प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी