संजय श्रेष्ठ
ऋषिङ्ग
आज एउटा गोठ रित्तियो ।
पाखुरा बराजेरेर आफ्नो चुल्हो बाल्ने किसानको आम्दानीको स्रोत रोकियो । चारर्खुट्टे चौपाया गाई भैंसी तिब्र गतिमा फैली रहेको (Lumpy skin disease) ले ऋषिङ्ग गाउँपालिका पनि अब अछुत रहेन । ऋषिङ्ग गाउँपालिका वडा नं -६, तारुकाका किसान प्रेम रानाभाटको बहर गोरू १५-१८ दिन सम्मको पीडादायी र कष्ठकर तरिकाले मरेको छ । विगत १५ दिन देखि संक्रमित उक्त गोरुको उपचारका लागि आग्रह गरे सँगै म पुगेको थिए ।
५ दिन सम्म लक्षणका आधारमा केही औषधिहरू सुई मार्फत दिएता पनि अवस्था अत्यन्तै जटिल भएको हुँदा सो गोरुको मृत्यु भयो । यसरी संक्रामक रोगको कारणले चौपायाको मृत्यु भएको भन्दै गाउँका छिमेकीहरु समेत त्रसित भई रानाभाटको घरमा आउन बन्द गरेको उनकी आमाले मन अमिलो पार्दै सुनाइन् । सबै जना रोग बारे अन्जान र बेखबर हुँदा र सर्ने डर का कारण सामाजिक रूपमा समेत बहिष्कृत भइयो भन्ने भान भयो बाबु बुढी आमाले भनीन् । मरेको गोरुलाई व्यवस्थापन गर्न, खाडल खन्न समेत धेरै अनुनय विनय गरेको समेत बताइन् ।
यस किसिमको महामारीले विकराल रूप नलियोस् न फैलियोस् । त्यसका लागि ऋषिङ्ग गाउँपालिकाको विशेष ध्यानकर्षण गराउन चाहन्छु । यस किसिमको संक्रामक र फैलिने किसिमको रोग लागिसकेपछि कुनै यथेस्त उपचार नभएको हुँदा यस रोग लाग्नु पूर्व नैं समग्र पालिका भित्रका पशु चौपायमा( LSD) विरुद्धको preventive vaccine (खोप ) लगाउनका लागि विशेष पहल गरियोस् । पालिकाले तत्काल नै बजेट विनियोजन गरी यस रोग विरुद्धको खोप खरिद गरी खोप कार्यक्रमलाई अगाडि बढाओस भनी ऋषिङ्ग गाउँपालिकालाई अनुरोध गर्दछु ।
साथै तनहुँ जिल्लाका विभिन्न स्थानिय तहहरू लगाएत देशभर यो रोग फैलिएको छ ।
अहिलेको यस प्रतिकूल समयमा पालिकाले एक ठाउँ देखि अर्को ठाउँमा पशु चौपाया खरिद बिक्री तथा ढुवानीमा समेत रोग लगाओस् । तत्काल ऋषिङ्ग गाउँपालिका लगाएत सबै स्थानिय तहहरुले खोप खरिद गरी वा पशु सेवा विभाग सँग समन्वय गरी खोप लगाउने प्रक्रिया अगाडि बढाओस् । सम्बन्धित निकाय सबैको समयमा नैं यस तर्फ ध्यान जान सकें प्रेम रानभाट जस्तै हजारौं किसानले आफ्नो आयस्रोतको अभिन्न आधारलाई गुमाउनु पर्दैन थियो की ?