गगन, बिश्वकाे एकै स्वर, गठवन्धनका उम्मेदवार भट्टराई संसदलाई चाहिएको छ

दमौली न्युज
  • ख-
  • ख+

दमौली ।
नेपाली काङ्ग्रेसका महामन्त्री गगन कुमार थापा र बिश्व प्रकाश शर्माले संसद लाई गाेविन्द भट्टराई चाहिएको बताएका छन् । बैशाख १० गते हुने उपनिर्वाचनमा तनहुँले भट्टराईलाई छान्ने र भट्टराईले संसदमा सशक्त भुमिका खेल्ने उनिहरूले बताएका छन् । नेपालीकाङ्ग्रेस लगायतका बाम लाेकतान्त्रिक गठवन्धनकाे मंगलबार दमाैलीमा आयाेजित सभा लाई संबाेधन गर्दै महामन्त्री गगन कुमार थापाले संसदमा गाेविन्द जस्तो शालीन सांसद चाहिएको बताए । उनलेे जे गरेपनि ताली बजाउने साँसद नभइ प्रश्न उठाउने सांसद हामीलाई चाहिएको भन्दै प्रश्न उठाउन सक्ने सांसद गाेविन्द भट्टराई भएको बताए ।
हाम्रा युवाहरू दैनिक ३ हजारकाे अासपासमा नेपाल छाेडेर बिदेश जाने गरेका छन् भन्दै थापाले स्वदेशमा रहेको युवा शक्ति बिदेश जानुपर्ने बाध्यता हुँदा तरकारी देखिका खाद्यान्नहरू समेत बिदेशबाट आयात भएको खानपर्ने बाध्यता रहेको बताए । तत्कालकाे समस्या समाधान गर्दै अहिलेकाे गठवन्धन सरकारले अवकाे ५ बर्ष भित्र मान्छे कतार पठाउने हाेइन , कतार सामान पठाउने अवस्था ल्याउनुपर्ने गरि काम गर्नुपर्ने थापाले बताए । काम गर्ने र नतिजा देखिने काम हामीले गर्नुपर्छ भन्दै थापाले भाेलि गराैँला , अर्को बर्ष गराैँला भन्ने समय हामीलाई नभएको बताए ।
महामन्त्री बिश्व प्रकाश शर्माले गाउँ बुझेको अर्थशास्त्री गाेविन्द भट्टराई भएको बताए । दुखकाे बेला अामा बुवा दाजुभाइ भन्दै हिँड्ने त यहीँ तनहुँका गाेविन्द भट्टराई हुन् नि , अरू उम्मेदवार त कहिले कसलाई कहाँ पाे बाेलाउन अाथे र ? शर्माले भने । यसकारण पनि तनहुँकाे माटोले चिनेको गाेविन्दले पक्कै जित्ने छ उनले विस्वासका साथ भने ।
साँसद बनाउनु भनेको भराेसा हाे भन्दै शर्माले निरासाकाे राेटि सेक्ने हाेइन आशाकाे बत्ती जगाउने काम गर्नुपर्ने हुँदा भट्टराईलाई जिताउनुपर्ने बताए । महामन्त्री शर्माले अाबेगकाे राजनीति कहिल्यै नटिक्ने भन्दै नयाँ दल त्यस्तै अावेगमा उदय भएको बताए । गाेविन्द भट्टराईकाे नेतृत्वमा रहेको नेविसंघमा अहिले भएका दुवै महामन्त्री कुनै बेला सँगै बसेकाे स्मरण गर्दै शर्माले त्यागि , धैर्यवान र शालीन नेता गाेविन्द भट्टराई भएकोले तनहुँवासिले अत्याधिक मतका साथ जिताउने बताए । उनले काङ्ग्रेसलाई रूपान्तरण गर्ने र बलियो काङ्ग्रेस बनाउने काम हामीले गरिरहेको बताए । कार्यक्रममा नेकपा माअाेवादि केन्द्रका महामन्त्री देव प्रसाद गुरूङले देशलाई अहिलेकाे गठवन्धन अाबस्यक परेकाले बनेको बताए । याे गठवन्धन ५ बर्ष टिक्ने गुरूङकाे भनाइ थियो । कार्यक्रममा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवम् तनहुँ २ का सांसद शंकर भण्डारीले गाेविन्द भट्टराईलाई जिताउन अाँफु धेरै दिन देखि गाउँ गाउँमा घुमेकाे र सबैले भट्टराईलाई जिताउन अातुर रहेको भनेको बताए । उक्त अवसरमा तनहुँ १ का उम्मेदवार गाेविन्द भट्टराईले तनहुँ पानीले मात्रै नभइ शिक्षा , स्वास्थ्य र अन्य थुप्रै पुर्वाधार र बाटोका कुराहरूले पनि तिर्खाएकाे हुँदा ती सबै अाबस्यकताहरू अाँफुले पूरा गर्ने प्रतिवद्धता जनाए ।
कार्यक्रममा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य एवम् बाराका सांसद कृष्ण कुमार श्रेष्ठ किसानले भट्टराईलाई जिताउन शंकर भण्डारी र किसान श्रेष्ठनैं काफि भएको

बताए ।

सुर्यचन्द्र हड्खलेकाे सभापतित्वमा भएको कार्यक्रममा काङ्ग्रेस केन्द्रीय सदस्य प्रदिप पाैडेल , हरिबहादुर चुमान , शिव लाल थापा , डिला संग्राैला , अाेमराज अाले , अर्जुन गुरूङ , बसन्त दरै र श्रीप्रसाद भट्टराईले बाेलेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी