नेपाली कांग्रेस व्यास १ काे चुनावी सम्पर्क कार्यलयकाे उद्घाटन

दमौली न्युज
  • ख-
  • ख+

२५, चैत, दमौली ।

नेपाली कांग्रेस व्यास १ काे चुनावी सम्पर्क कार्यलयकाे उद्घाटन भएको छ । सनिवार भादगाउँमा सम्पर्क कार्यलयकाे उद्घाटन गर्दै काङ्ग्रेस नेता रामचन्द्र पाेख्रेलले गठवन्धन बाट उम्मेदवार बनेका गाेविन्द भट्टराई शालिन र निस्ठाकाे राजनीति गर्ने बिकास प्रेमि नेता भएको बताए । अन्य दलका अायातित उम्मेदवारलाई नभइ अाफ्नै ठाउँका उम्मेदवारलाई जिताउन सक्यौं भने मात्रै भाेलिका दिनमा बिकास निर्माणका काममा सजिलो हुने र कामले गति लिने पाेख्रेलकाे भनाइ थियो । कार्यक्रममा पुर्व मन्त्री डाेबाटे वि क ले पार्टीका उम्मेदवार गाेविन्द भट्टराईलाई जिताउन सबै एकजुट भएर लाग्नुपर्ने बताए ।

तनहुँ जिल्लामा काङ्ग्रेसको उम्मेदवारलाई बिजयि गराइ पार्टीको बिरासत जाेगाउनुपर्ने बिककाे भनाइ थियो । कार्यक्रममा काङ्ग्रेस जिल्ला सदस्य डम्बरबहादुर अधिकारीले अन्य दलका उम्मेदवारलाई शिवरात्रिकाे बाबा जि काे संज्ञा दिँदै त्यस्ता बाबाहरूलाइ टीका लाएर दक्षिणा दिएर पठाउने र मत काङ्ग्रेस उम्मेदवार गाेविन्द भट्टराईलाई दिनुपर्ने बताए ।
दिलबहादुर दरैकाे सभापतित्वमा भएको सम्पर्क कार्यलय उद्घाटन कार्यक्रममा केहरसिँह अाले , डम्बरबहादुर अधिकारी , सृजना तिवारी , खरसिंह दरै , प्रकाश सुनार , साेमराज सिग्देल , साेविता पण्डित, कृष्ण राज खनाल , श्रीप्रसाद न्याैपाने लगायतका बक्ताहरूले काङ्ग्रेस उम्मेदवार भट्टराईलाई जिताउन पर्ने बताएका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी