म्याग्देकाे सियाले पयर खानेपानी याेजना लामो समयदेखि अलपत्र

दमौली न्युज
  • ख-
  • ख+

विकास खनाल
तनहुँकाे म्याग्दे गाउँपालिका वडा नं ७ सांगे पयार पिपलचौरमा रहेको सियाले पयर खानेपानी याेजना लामो समयदेखि अलपत्र भएको छ । विगत ५ बर्ष देखि गाउँपालिकाको पहलमा सियाले पयर खानेपानी योजना संचालन हुँदै आएको र आ.ब. २०७९/०८० मा केन्द्र सरकारबाट १६ लाख रूपयां बिनियोजन भएको भए पनि गाउँपालिका अध्यक्ष तथा वडा अध्यक्ष बाट कुनै पहल नहुँदा उक्त याेजना लामो समयदेखि अलपत्र परेको स्थानीय उपभोक्ता श्रीभद्र आचार्यले बताए । याेजनाकाे लागि उक्त रकम परेपनि हाल सम्म योजना सञ्चालन गर्ने तर्फ कुनै निकाय बाट पहल नभएको आचार्यले गुनासो गरे । रकम काङ्ग्रेसको पहलमा बिनियोजन भएकोले पालिका अध्यक्ष र वडा अध्यक्षले योजना सन्चालन गर्ने तर्फ खासै चासो नदेखाएकाे हुनसक्छ आचार्यले भने । उक्त योजना अलपत्र हुँदा त्यस भेगका जनता खानेपानीबाट बन्चित भई काकाकुलको अबस्थामा रहेको हुँदा सम्बन्धित सरोकार वालाहरुको छिटो भन्दा छिटो त्यसतर्फ ध्यान जाओस र सिघ्र योजना संचालन गरि जनताहरूलाई पिउने पानीको ब्यबस्था हाेस् उपभोक्ताहरूले माग गरेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी