
नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल राष्ट्रपति पदमा निर्वाचित भएका छन् ।
नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई पराजित गर्दै नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेल मुलुकको तेस्रो राष्ट्रपतिमा निर्वाचित हुन सफल भएका हुन् ।
पौडेलले ३३ हजार ८ सय २ मत प्राप्त गरेका थिए भने उनि संगका प्रतिस्पर्धी एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङले १५ हजार ५ सय १८मत प्राप्त गरेका थिए ।