नेपाली कांग्रेस तनहुँ-२(२) को प्रादेशिक सम्मेलन सम्पन्न

दमौली न्युज
  • ख-
  • ख+

२२, फागुन, ऋषिङ्ग ।
नेपाली कांग्रेस तनहुँ -२(२) को प्रदेश स्तरिय सम्मेलन सम्पन्न भएको छ । ऋषिङ्ग गाउँपालिकाका सभापती ईन्द्र बहादुर आलेको सभापतित्वमा संचालित सम्मेलनको नेपाली कांग्रेस तनहुँका सभापती एवं प्रदेश सभा सदस्य जितप्रकाश आलेले उद्घाटन गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी जितप्रकाश आलेले प्रदेश सम्मेलनले शहिदहरुको सम्मान र प्रदेश समितिको आगामी योजना तथा प्रगती सार्बजनिक गर्ने कार्यले सांगठनिक पारदर्शिता बढाएको बताए । आलेले तनहुँको दक्षिण क्षेत्र लामो समय पिछडिएको क्षेत्रको रुपमा रहेको केही स्थानहरुमा बिबादास्पद र कानुनी अड्चनका कारण समस्या रहेकोले समस्या समाधानका लागि लाग्न प्रदेश समितिलाई आग्रह गरेका थिए । अन्य दलका अतिरंजित भ्रमहरु फैलाएर जनतालाई मूर्ख बनाउने प्रयत्न बिफल पार्नको लागि सबैलाई लाग्न निर्देशन दिएका थिए । “गण्डकी प्रदेशभित्र पुर्व माननियको नाममा सडक निर्माणका केही भ्रमहरु फैलाईएको रहेछ, मलाई जानकारी छ तर नीति र कानुनको परिधि बाहिर गएर मनमौजी गर्ने र भन्ने छुट कांग्रेसलाई छैन उनले भने । निर्वाचनपछि कानुनको परिपालना गर्ने र गराउने एक उम्मेद्वार हुनाको नाताले बालहठको रुपमा देखिएको कानुन उलङ्घनका प्रयासहरु बिफल हुने आलेले बताए ।

कार्यक्रममा विशिष्ट अतिथी राजेन्द्रकृष्ण श्रेष्ठले प्रदेश सम्मेलन संगठन बिस्तारका हेतुले निकै महत्वपुर्ण रहेको र ऋषिङ्गको संगठन बिस्तारमा यो सम्मेलनले पृथक सन्देश दिने बिश्वास ब्यक्त गर्दै विकासको पर्याय कांग्रेसले जनजिविकाको सवालमा केन्द्रीकृत भएर पार्टिको सबै तह र निकाय कृयाशिल बन्न आग्रह गरेका थिए । श्रेष्ठले यस अघिको प्रदेश सभाबाट नियम बिपरित र विधि उलङ्घन गरि बजेट बिनियोजन गरेको प्रती ईङ्गित गर्दै निति बिपरितका बजेटहरु कटौटी गर्नुपर्ने बताए । श्रेष्ठले तनहुँ जिल्ला बजेटका हिसाबले निकै पछाडी परेको र अबका दिनमा पिछडिएको र बिकासका दृष्टिले पछाडी रहेको स्थानहरुलाई प्राथमिकताका आधारमा बजेट बिनियोजन हुनपर्ने प्रति ध्यानाकर्षण समेत गराएका थिए ।

कार्यक्रममा सहिद सरस्वतिकृष्ण श्रेष्ठको परिवार, सहिद कल्याण खनाल र सहिद खड्ग बहादुर थापाकाे परिवारलाई सम्मान गरिएको थियो । सम्मेलनमा महाधिबेशन प्रतिनिधिहरु मिलन आले, गिनुमाया थापा, जिल्ला समन्वय समितिका नि.सदस्य निल बहादुर थापा लगायतले मन्तब्य राखेको थिए । प्रदेश सचिव सुशील कुमार श्रेष्ठ सचिवले सञ्चालन गरेका सो कार्यक्रमको सांगठनिक १,०४,००० को आर्थिक प्रतिवेदन काेषाध्यक्ष सीता कुमालले प्रस्तुत गरेकी थिइन् । उक्त कार्यक्रममा प्रदेश सभा, क्षेत्रीय सदस्यहरु, स्थानिय संघ,समूह लगायतको उपस्थिती रहेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी