आज देखि गाउँपालिका को काम सुचारु

  • ख-
  • ख+

देवघाट : तनहुँको देवघाट गाँउपालिकाको ठप्प रहेक सेवा आज देखी सुचारु भएको छ । देवघाट गाँउपालिकामा कार्यरत लेखा अधिकृत उमानाथ ढकाल र लेखापाल संजय शर्मालाई स्थानीयवासीहरुले दुव्र्यहार सँगै हातपात गरेपछि कर्मचारीहरुले गाँउपालिका र वडाका सम्पुर्ण कार्य तिन दिन देखि ठप्प पारेका थिए ।

देवघाट गाँउपालिकाका जनप्रतिनिधि र कर्मचारीबिचको छलफलबाट गाँउपालिकाको सेवा सुचारु गरिएको देवघाट गाँउपालिका प्रवक्तां एवं देवघाट गाँउपालिका ५ वडाअध्यक्ष पुर्ण बहादुर कुँबरले जानकारी दिए ।

घाइते २ कर्मचारीहरुको शिघ्रस्वास्थ्यलाभको कामना सहित उपचार गाँउपालिकाले गरेको कुँवरले बताएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी