म्याग्देकी कान्छी जनप्रतिनिधि अनु

  • ख-
  • ख+

दमौलीः तनहुँको म्याग्दे गाउँपालिकामा सबैभन्दा कान्छी जनप्रतिनिधिको रूपमा अनु महत श्रेष्ठ निर्वाचित भएकी छन् ।

वैशाख ३० गते भएको स्थानीय निर्वाचनको मत परिणाम सम्पन्न हुँदा म्याग्दे ६ कि २३ बर्षिय अनु वडा सदस्यमा निर्वाचित भएकी हुन् ।


अखिल नेपाल महिला संघ म्याग्दे ६ को सचिव समेत रहेकी अनुलाइ सानै उमेरमा जनप्रतिनिधि बन्न पाउँदा कस्तो लागिरहेको छ ? भनी दमौली न्युजले सोध्दा निकै उत्साहित देखिन्थिन् ।

राजनीतिक अनुभव लिन अग्रजहरूबाट सिक्न र जनताको काम कसरी छिटोछरितो गर्न सकिन्छ भन्ने बारेमा आफ्नो ध्यान जाने उनले बताइन् । ‘७१३ मत ल्याइ एमालेको तर्फबाट जितेको हुँ, जबकी यो वडामा वडा अध्यक्ष सहित अरु सबै पद काङ्ग्रेस उमेदवारले जित्नुभएको थियो,’ अनुले भनिन् ।


अझै रोचक त के छ भने यहि वडामा काङ्ग्रेस बाट जितेका सबैभन्दा ज्येष्ठ वडा सदस्यमा जुक्तराज वाग्ले रहेका छन् । अनुको प्रतिस्पर्धी भेषकुमारी थापाले ६५५ मत पाएकी थिइन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी