देश बदलियो, बदलिएन व्यवहार

  • ख-
  • ख+

देव गजमेर ‘ओझेल’

देश संघिय गणतन्त्रमा जाँदा सबैभन्दा बढि हर्षित पिछडिएका दलित नै थिए होलान् । देशमा जति आन्दोलन भए, तिनमा सबै भन्दा बढी आफ्नो अधिकारका लागि तिनै अछुत दलित सहभागि थिए । ईतिहास नै साक्षी छ । जब जब देशमा शंकट आउने गर्दछ तब दलितलाई नै हार गुहार गरिन्छ । चाहे त्यो १० वर्षे माओवादी शसस्त्र जनयुद्ध नै किन नहोस् ।

जति बेला देशले कोल्टो फेर्यो, एकात्मक शासन प्रणाली राज्यको समाप्त भयो अनि देशमा संघियता आयो । सबै नेपालीले समान अधिकारमा बाँच्न पाउने अभिलाषा मनमा बुन्न थाले । हिजो के भयो ? के थियो ? सवैले बिर्सन थाले । तर त्यो अभिलासा, त्यो खुसी दलितको सपना माथि तुषारो परे जस्तै भएको छ ।

ईतिहास पल्टाएर हेर्ने हो भने हाम्रा दलित पुर्खाहरुले आफ्ना मात्र नभई देशका लागि पनि सधंै बलिदान दिएको पाईन्छ । चाहे २००४ साल होस्, २००७ सालको राणाहरु विरुद्ध , २०३६ वा २०४६ सालको आन्दोलन नै किन नहोस् । अझ त्यतिले नपुगेर देशका लागि हामी प्रजाले (त्यतिबेलाको ) अहिले जनताले चाहेको जस्तो ईतिहास रच्नु पर्छ भन्दै, देश परिर्वतनका लागि भन्दै थालिएको २०५२ सालको त्यो माओवादी सशस्त्र जनयुद्ध थालनी अनि २०६२÷२०६३ को जन आन्दोलन पनि । यी सबैमा धेरै दलितहरुको अहम भुमिका थियो । तर खै हाम्रा सन्ततिले अधिकार पाएको ?

जति पनि समाजमा घटेका असामाजिक घटना छन्, तिनमा दलित भएको निहुँमा हुने घटनाको संख्या अधिक छ । दलितहरुले अकालमै बिना कुनै अपराध मृत्युवरण गरिरहनु परेको छ । अन्तरजातिय विवाह कै कारण धेरै आमाको कोख रित्तो हुन पुगेको छ । यो अन्याय अत्याचार आखिर कहिले सम्म ?

त्यतिका आन्दोलन लडेर पनि जन्मनासाथ भिर्नुपर्ने ‘दलित’को बिल्ला किन हड्न सकेन् । पछिल्लो समय झन् यो अछुत भन्ने बिल्ला हट्ला भन्दा दिन प्रति दिन थपिंदै गएको छ । देश २१ औं शताब्दीमा छ । संघिय गणतन्त्रात्मक देशमा पनि मान्छे मान्छेबीच विभेद र अपमान दलित भएकै कारण भैरहेछ । आखिर किन ?

जति पनि समाजमा घटेका असामाजिक घटना छन्, तिनमा दलित भएको निहुँमा हुने घटनाको संख्या अधिक छ । दलितहरुले अकालमै बिना कुनै अपराध मृत्युवरण गरिरहनु परेको छ । अन्तरजातिय विवाह कै कारण धेरै आमाको कोख रित्तो हुन पुगेको छ । यो अन्याय अत्याचार आखिर कहिले सम्म ?
मनमा गाँठो पारि सोध्न मन लाग्छ, ‘साँच्चै दलितमाथि भएको अन्याय, अत्याचारलाई कसले बुझ्यो ?’ केहि पाउनेले बुझ्यो कि नपाउनेले बुझ्यो ? कि सब थोक संगै आफन्त गुमाउने त्यो रुकुम हत्यकाण्डले बुझ्यो ? अनि दिन दिनै दलितलाई अत्याचार अनि दमन गर्ने त्यो दमन्तकारीले बुझ्यो ?

हामीमाझ अझै पनि रुकुम नरसंहार घटना ताजै छ । त्यो पनि दलित भएकै कारणले घट्यो । समाजमा अझै कयौं घटनाहरु छन्, केही बाहिर आएका छन् । अझ नआएका धेरै छन् । आज ५ वर्ष प्रेम जालमा परी आफ्नो प्रेमलाई सफल पार्न अन्तरजातीय विवाह गरेर आफ्नो ज्यानै गुमाउनु परेकी सुकु परिवार गुरुङको आत्माले न्याय पाएके छैन ।

हामीमाझ अझै पनि रुकुम नरसंहार घटना ताजै छ । त्यो पनि दलित भएकै कारणले घट्यो । समाजमा अझै कयौं घटनाहरु छन्, केही बाहिर आएका छन् । अझ नआएका धेरै छन् । आज ५ वर्ष प्रेम जालमा परी आफ्नो प्रेमलाई सफल पार्न अन्तरजातीय विवाह गरेर आफ्नो ज्यानै गुमाउनु परेकी सुकु परिवार गुरुङको आत्माले न्याय पाएके छैन ।

उनका आफन्त अझै पनि भोक तिर्खा नभनी कानुनको ढोका चहारिरहेको छ । उनीहरु बारम्बार भन्ने गर्छन्, ‘हामीले न्याय पाउनु पर्छ । हामी जस्तै आँसुको भेलमा अब कुनै पनि दलित डुब्न नपरोस । हामीले कानुनसामु यति माग गरेका छौ कि निर्दोस नफँसोस् दोषी भाग्न नपाओस् ।
दोषीले गरेको गल्तीले कानुन बमोजिम आजीवन सजाय दिन सकेमा सुकु जस्ता धेरै दलितले न्यायमा विश्वास गर्छन् । अब प्रश्न उठ्छ साँच्चै दलितले न्याय पाउलान् ? न्यायालयले दलितको पीडा बुझ्ला ?

Courtesy: The Rising Nepal

नेपाललाई सतिले सरापेको देश भनिनछ, त्यो त्यसै रहेनछ । अन्यायमा परेका धेरै दलितहरुले कानुनको पाना पल्टाउँदै भन्दैछन्, अबका सन्ततिले फेरि कालो दिनको सामना गर्न नपरोस् । यो देशमा कानुन नभएको होईन । तर कानुन भन्दा माथि उठेर पटक पटक दलितमाथि घात प्रतिघात भई रहेको छ । देशमा यस्ता धेरै घटना घटि सके । तर पनि धेरै घटनामा न सरकारले यस्ता घटना घटाउने दोषिलाई न कडा सजाएको दिएको छ न अन्यायमा परेका दलितले न्याय नै पाएका छन् ।

फेरि प्रश्न उठ्छ, समाजमा भएको विभेद र विसंगतिलाई अन्त्य गर्न कहिले कस्ले सक्ला ? अहिलेसम्म ‘जुन जोगी आए पनि कानै चिरेको’ जस्तै भएको छ । देशमा दलितका लागि जस्तो कानुन बनाए पनि हुने केहि हुँदैन रहेछ जस्तै भएको छ । भनिन्छ नि ‘हुनेको ढुङ्गा त उकालै तिर पनि पल्टन्छ नहुनेको ओरालो तिर पनि पल्टँदैन ।’ यस्तै भएको छ, हाम्रो देशमा पनि दलितका लागि कानुन । देश धेरै बदलियो तर बदलिएन त दलित माथि हुने असामाजिक व्यवहार ।

सहरमा हेर्दा त्यस्तो नलाग्ला तर अझै पनि देशका ६० लाख दलित मन अमिलो पारेर पीडित भएर दमित भएर बस्न बाध्य छन् । दलितलाई नै लक्षित गरी घटेका घटना त धेरै छन् । तर आज आफ्नै जिल्ला त्यो पनि एउटै नगरपालिकामा घटेको घटनाका विषयमा अनुसन्धान अनि कारबाहीमा ढिलासुस्ती देखिन्छ । किन यस्तो भैरहेछ, सबैले सोच्ने बोला आएको छ । सम्पुर्ण दलितहरु पनि एउटै टेवुलमा आएर आफूभित्रको विभेदको पनि अन्त्य गरी यस्ता घटना कसरी कम गराउन सकिन्छ भन्नेतर्फ गम्भीर भएर लाग्नैपर्ने देखिन्छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी