कांग्रेस तनहुँ अधिवेशनः हेभिवेट नेताको ‘नेक टु नेक कम्पिटिसन ‘

  • ख-
  • ख+

दमौलीः नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्र्तगत हुने जिल्ला अधिवेशनको निर्वाचन कार्यक्रमको पूर्वसन्ध्यामा अहिले केन्द्रमा संस्थापन र गैरसंस्थापन निकट दुवै खेमा आफ्नो मत तान्न व्यस्त छ ।

यस अघिका चुनावलाई आधार मान्ने हो भने मत आकर्षित गर्न हुने अन्तिम चलखेल पनि भैरहेको चर्चा राजनीतिवृत्तमा चलिरहेको छ । हालका सभापति बैकुण्ठनाथ न्यौपाने गैर संस्थापनको नेतृत्व गर्दै चुनावी मैदानमा छन् ।

गैर संस्थापनकै कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलसँगै लामो सहकार्य गरिरहेका र हाल पनि दूरी नबढाएको जस्तो देखिने कार्यवाहक सभापति जीतप्रकाश आले भने हाल संस्थापन पक्षको उम्मेदवारका रुपमा मैदानमा उत्रिएका छन् ।


यसपाली दुवै प्यानलको उम्मेदवार सूची हेर्ने हो भने चुनावी प्रतिष्पर्धा हेभिवेट भएकोमा शंका छैन । चार तहका प्रमुख नै चुनावी मैदानमा उत्रिएको अवस्थाले पनि प्रतिष्पर्धालाई गहकिलो बनाएको छ । त्योभन्दा धेरै उम्मेदवारको छनौटमा दुवै खेमाले पुर्याएको सावधानी पनि प्रतिष्पर्धा साँच्चिकै कडा हुने संकेत हो ।

न्यौपाने कार्यकाल दोहोर्याउन मैदानमा छन् भने कार्यवाहक सञ्चालन गरिसकेका आले पनि माउ नेता बन्न चुनावी मैदानमा छन् ।

यसपाली दुवै प्यानलको उम्मेदवार सूची हेर्ने हो भने चुनावी प्रतिष्पर्धा हेभिवेट भएकोमा शंका छैन । चार तहका प्रमुख नै चुनावी मैदानमा उत्रिएको अवस्थाले पनि प्रतिष्पर्धालाई गहकिलो बनाएको छ । त्योभन्दा धेरै उम्मेदवारको छनौटमा दुवै खेमाले पुर्याएको सावधानी पनि प्रतिष्पर्धा साँच्चिकै कडा हुने संकेत हो ।

यस अघि क्षेत्र १ मा हावी देखिएको गैर संस्थापन अनि क्षेत्र २ मा हावी संस्थापनको प्रभावमा तल माथि पार्ने गरी दुवै खेमाले उम्मेदवार छाने पछि कतिपयले यस अघि जस्तो पुरै प्यानलसहितको परिणाम नआउने आँकलन पनि गरेका छन् । तर, सँगै अति प्रभावशाली नेता नै मैदानमा उत्रिएकाले भिडन्त भने निकै कडा हुने आँकलन छ ।

सभापति उम्मेदवार न्यौपाने पार्टी प्रमुख र नगर प्रमुख रहिसकेकाले आफ्नो नेतृत्वकालमा बनाएको साखकै आधारमा चुनाव लड्दैछन् । उनलाई ठूलो साथ मिलेको छ वरिष्ठ नेता पौडेलले नेतृत्व गरेको गैर संस्थापनको ठूलो समूहको ।

अनि, त्यसमै थपिएका छन् अर्का केन्द्रीय सदस्य प्रदीप पौडेल, जसको पौडेल खेमा कमजोर रहेको क्षेत्र २ मा आधार बलियो छ । यसैको बलमा न्यौपाने क्षेत्र १ को मार्जिनको बलमा क्षेत्र २ को सन्तुलनलाई आफ्नो पक्षमा पार्ने योजनामा छन् ।

उता, आले भने लामो राजनैतिक विरासत बोकेको परिवारका सदस्यका अलावा क्षेत्र २ मा दह्रो पकड बनाएको संस्थान समूहको आडमा चुनावमा जाँदैछन् । वरिष्ठ नेता पौडेलसँग सम्बन्ध बिगारी नसकेका कारण उनले पौडेल खेमाबाट कत्तिको मत तान्छन्, त्यसले उनको जीत वा मार्जिनमा प्रभाव पार्ने ठानिएको छ ।

आलेलाई भरपुर साथ दिएका कांग्रेस केन्द्रीय सदस्यहरु शंकर भण्डारी, गोविन्द भट्टराई तथा आमन्त्रित केन्द्रीय सदस्य ध्रुव वाग्लेको भरपुर साथले उनी आशावादी छन् ।

तर, क्षेत्र २ मा दह्रो पकड भए पनि १ को नतिजाले पुरै आस्वस्त हुने ठाउँ नभए पनि जनजाति मतसमेतका आधारमा उनी अघि बढ्ने कतिपयको विश्वास छ ।

हेभिवेटहरु
शुक्लागण्डकी र क्षेत्र २ मा प्रभावशाली नगर प्रमुख किसान गुरुङ यसपाली उप सभापति पदमा लड्दैछन् भने उनकै क्षेत्रमा सोही पदमा ऋषिङ र क्षेत्र २ मा बलियो पकड जमाएका र राजनैतिक चातुर्यता बोकेका भनिने राजेन्द्रकृष्ण पनि मैदानमा छन् ।

यसका अलावा, भानुमा दह्रो पकड बनाएका भानु नगर प्रमुख उदयराज गौली पनि सोही पदमा भिड्न तयार छन् । यसले यीमध्ये केहीको राजनैतिक यात्रा र भविष्यमा केही दुष्प्रभाव भने पक्कै दिनेछ ।

सोही पदमा चुनावमा हारेको रेकर्ड नबनाएका र व्यास तथा आसपास व्यवसायिक तथा राजनैतिक पकड बनाएका देवकुमार श्रेष्ठको उम्मेदवारीले उप सभापतिको भीडन्त सभापति भन्दा कम नहुने देखाएको छ ।


यसपाली पनि दुवै खेमाले पुरै प्यानल आउने गरी गृहकार्य गरेकाले र कार्यकर्ताको विगतको मत प्रवृत्तिका आधारमा यसपालीको जिल्ला अधिवेशनमा प्यानलगत भोट बढी खसे पनि व्यक्तित्वको प्रभाव पनि केही मात्रामा हावी हुने कुरालाई पनि नजरअन्दाज गर्न सकिने अवस्था छैन ।

यसबाहेक सचिव पदमा युवामाझ प्रभाव जमाएका नेविसंघ पूर्व सहमहामन्त्री लक्ष्मीभक्त खनाल अनि गैर संस्थापनको युवा विद्यार्थी परिचालनमा दह्रो भरथेग दिएका मोहन गिरी पनि दौडमा उत्रनुले यी दुईको प्रतिष्पर्धा कडा बनाउँदैछ ।

सोही पदमा अर्का उम्मेदवार हालका सह सचिव केशबहादुर सुनार अनि पूर्व सह सचिव सहदेव अधिकारीको एक अर्काको प्रभावका कारण पनि सचिव पदको भीडन्त निकै कडा हुने ठानिएको छ ।


सह सचिवमा भिड्न तयार मिलन आले, हुतमणि अधिकारी, परमेश्वर भट्टराई अनि धिरेश खनाल पनि एक आपसमा स्थापित र एक क्षेत्रमा पकड जमाएकाले कडा नै प्रतिष्पर्धा हुने देखिएको छ ।

यसपाली पनि दुवै खेमाले पुरै प्यानल आउने गरी गृहकार्य गरेकाले र कार्यकर्ताको विगतको मत प्रवृत्तिका आधारमा यसपालीको जिल्ला अधिवेशनमा प्यानलगत भोट बढी खसे पनि व्यक्तित्वको प्रभाव पनि केही मात्रामा हावी हुने कुरालाई पनि नजरअन्दाज गर्न सकिने अवस्था छैन ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी