मलमास के हो?

  • ख-
  • ख+

सन्तोष ढकाल

प्राकृतिक रूपमा पृथ्वीको आफ्नै axis को घुमाइले दिन र रातको चक्र छ। सुर्यको वरिपरि को परिक्रमा ले बर्ष छ। axis को tilting (ढल्काइ) ले ऋतुहरु छन्।

त्यस्तै चन्द्रमाको पृथिवीको परिक्रमण ले पक्ष छन् र हाम्रा महिना पनि।यी सबै चक्र जस्तै घुमिरहेका छन्।तर बारहरु? पक्कै पनि यी प्राकृतिक होइनन्।यी मान्छेले आफ्नो सजिलोको लागि बनाएका हुन जस्को  प्रकृति सङ कुनै सम्बन्ध छैन।

हामीले प्रयोग गर्ने पात्रो हेर्यो भने दिन, महिना र बर्ष तीन भिन्न गतिहरुलाइ reference लिएर बनाएको छ।पृथिवीको आफ्नो axis को घुमाइ( rotation) बाट दिन, चन्द्रमाको पृथिवी वरिपरिको घुमाइ बाट महिना र पृथिवी को सुर्यको वरिपरिको घुमाइबाट बर्ष। यिनिहरुको period भने एक अर्काको सामान्य गुणन (simple multiple) छैनन्। वास्तवमा हाम्रो तिथी, महिना आदिको गोलमाल यहीँ बाट शुरु हुन्छ ।

एउटा महिना( lunar month, दुइ पक्ष को जोड, शुक्ल र कृष्ण) 29.53 दिनको हुन्छ। 12 वटा lunar months को जोड 354 दिन हुन्छ। अर्थात तिथिहरुलाइ समयको आधार मान्दा 354 दिनको 1 बर्ष हुन्छ।

यदि पृथिवी ले सुर्यलाइ परिक्रमा गर्ने समयलाइ आधार मान्यो भने 365 दिनको 1 बर्ष हुन्छ।यस्को अर्थ solar year र 12 lunar months को जोड बाट आउने lunar year को भिन्नता 11 दिन जति हुन जान्छ।

अब महिनाको नामहरु हेर्यो भनेचाही 365 दिनको 1 बर्ष हुने solar र 354 दिनको 1 बर्ष हुने lunar दुबैमा बैसाख, जेठ उही छ। अब कहिलेकाहीँ के हुन्छ एक पुरा lunar month एउटा solar month भित्र पर्छ अथवा एउटा महिनामा दुइटा औन्सि पर्छ, अझ भन्नु पर्दा solar year ko सधै हुने 12 महिना भित्र lunar चाहि 13 महिना हुन्छ। गतेलाइ आधार मान्दा 12 महिनाको 1 बर्स अनि तिथि लाइ हेर्दा त्यहि भित्र 13 महिना हुन्छ।

यो 11 दिन को फरक जम्मा हुदै आएको हो।अब पृथिवी मा ऋतुहरु हुने तथा दिन र रात हुने भनेको सुर्यको कारणले हो। त्यसैले चन्द्रमाको गति लाइ आधार मान्दा आको त्यो महिना फाल्तु हुन्छ कि न कि ब्यवहार मा तेस्को काम छैन।

यो महिनालाई अशुद्ध र दोषयुक्त मानिन्छ र हिन्दु धर्मग्रन्थहरुमा यो १ महिनाको समयमा कुनै पनि धार्मिक कार्यहरु गर्न नहुने लगायत नव विवाहित जोडीहरु सँगै बस्न हुँदैन भन्ने मान्यता रहेको छ ।

। तेसैलाइ मलमास ( मल =बिकार जो फालिन्छ) अथवा अधिकमास भनेको हो। लगभग (19 बर्षमा 7 पटक )32 महिनामा यो आउछ। यस्लाइ अनेक कथा बनाएका छन बास्तवमा त्यो चाहि यो 1 महिनालाइ मान्छेले फाल्तु (bonus)सम्झेर बेकारमा खेर फाल्छन भनेर हो। समयको महत्व बुझ्नेले कुनै पूजा गर्न आवस्यक छ जस्तो लाग्दैन।

ज्योतिष शास्त्र अनुसार एउटै महिनामा दुईवटा औंसी परे भने त्यसलाई मलमास वा अधिक मास भनिन्छ । यो प्रत्येक तीन वर्षमा एकपटक फागुनदेखि कात्तिकको बीचमा पर्ने गर्छ । जुन वर्ष मल मास पर्छ त्यो वर्ष १२ को स्थानमा १३ महिना हुन्छ ।

यो महिनालाई अशुद्ध र दोषयुक्त मानिन्छ र हिन्दु धर्मग्रन्थहरुमा यो १ महिनाको समयमा कुनै पनि धार्मिक कार्यहरु गर्न नहुने लगायत नव विवाहित जोडीहरु सँगै बस्न हुँदैन भन्ने मान्यता रहेको छ । सूर्यको गति र चन्दमाको आधारमा गते, महिना तथा तिथिको गणना हुने गर्दछ । गतेका आधारमा हुने वैशाख, जेठ आदि सूर्यको गतिचक्रका आधारमा मानिने सौर्यमहिना हुन् भने तिथिका आधारमा गनिने चन्द्रमहिना पनि हुन्छन् ।

मलमास परेको वर्षमा तिथिका हिसाबले हुने चन्द्रमहिनाको संख्या तेह्र (१३) र पक्षको संख्या पनि छब्बीस (२६) हुने भएकाले हरेक सामान्य वर्षभन्दा अधिकमास परेको वर्षमा तिथिका हिसाबले एक महिना बढी हुन्छ ।
यस सम्बन्धी श्रीमद्भागवत महापुराणमा वर्णन भएको तथ्य हेर्दा ब्रह्माले हिरण्यकशिपु राक्षसको तपस्याबाट प्रसन्न भई  बिभिन्न वरदान दिएका थिए ।

जस मध्य कुनै पनि सालको १२ महिनामा नै मृत्यु नहुने वरदानका कारण निकै अत्याचारी बनेको यस राक्षसको बध गर्नको लागी भगवान् विष्णुबाट नरसिंह अवतार धारण गरिएको थियो र १२ महिना बाहेकको १३ औं महिनाको रुपमा मलमास महिना सिर्जना गराइ हिरण्यकशिपुको बध गरिएको देखिन्छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी