जनकपुर रेलः आधुनिक जमानामा ‘रद्धिको टोकरी’

  • ख-
  • ख+

सन्तोष ढकाल
तस्बिरमा देखिएको जयनगर–जनकपुर खण्डमा सञ्चालन हुन लागेको ट्रेन सेट हो । नेपालमा रेलमार्ग निर्माण गर्ने योजना आर्थिक वर्ष २०६६(६७ बाटै सुरु भएको हो । रेल यातायातको विकास गर्ने सरकारी योजना कार्यान्वयन गराउन सरकारले २०६८ असार १ गते रेल विभाग स्थापना गरेपछि भारतको जयनगर र नेपालको जनकपुर जोड्ने ३५ किलोमिटर रेलसेवाको प्रकृया अघि बढेको थियो ।

जयनगरदेखि जनकपुर खण्डमा यही वर्षको दशैं अघि नै रेल संचालनको तयारी अनुरुप काम भईरहेको थियो । र, रेल चलाउन आवश्यक कर्मचारी भर्ना प्रक्रिया अघि बढाएको थियो । नेपालमा रेलको दक्ष कर्मचारी नभएका कारण तयार भएका ट्रेन सेट पनि सीमापारि नै थिए ।

रेल सञ्चालन गर्नका लागि सरकारले गरेका दुईवटा रेल खरिद सम्झौता अनुरुप २०७५ चैतमा मन्त्रिपरिषद्ले कन्टेनर कर्पोरेसन अफ इन्डिया (कंकर), भारतीय रेलवेसँग ८४ करोड ६५ लाख रुपैयाँमा दुईवटा रेल खरिदका लागि विभागलाई सैद्धान्तिक सहमति प्रदान गरेको थियो ।

नेपालले डेलिभरी गरिदिन पत्राचार गरेर मिति तय भए अनुरुप त्यसलाई नेपाल ल्याइन लागिएको हो । रेल सेवा सञ्चालनका लागि मुख्य प्राविधिक कर्मचारी लगायत २६ जना प्राविधिक भारतबाट दुई वर्षका लागि नेपाल आउनेछन् ।

भारतको जयनगर देखि बाराको अमलेखगञ्ज सम्म चल्ने यो रेलसेवा बि.सं. १९८४ देखि नै सञ्चालित सेवा हो । प्रारम्भमा तात्कालिन बृटिश शासकले नेपाली जंगलको काठ ओसार्ने ध्येयका साथ यो रेल सेवा शुरू गरेको भए पनि पछिल्लो समय पुर्वी-दक्षिणी धनुषा तथा सिरहाका जनसाधारणलाई समेत जनकपुर पुग्ने प्रमुख साधन बनेको थियो ।

तर,रेल्वेको इन्जिन,डब्बा तथा रेल्वे लिक समेत निकै जीर्ण हुँदै जाँदा रेलसेवा जयनगर देखि जनकपुर सम्म मात्र सीमीत हुन पुग्यो र पछिल्लो करिब एक दशक देखि अन्ततोगत्वा बन्द नै भयो ।यो रेलसेवा लाई ब्यवस्थित गर्दै ब्रोडगेज मोडेलमा सञ्चालन गर्ने बिषयमा नेपाल सरकार र भारतिय पक्षबीच आजभन्दा ११ बर्ष अघि नै सम्झौता भए पनि कार्य सम्पन्न गर्न लामो समय लाग्यो ।

सीमावर्ती भारतीय सहर,नेपाली उपभोक्ताहरूकै कारण चलायमान हुने भएकाले यो रेल सेवा नेपालीलाई भन्दा भारतीय ब्यापारीको लागि बढी चासोको बिषय रहँदै आएको कुरा समेत बुझ्न आवश्यक छ । यो रेलसेवा कतिपय उरन्ठ्याउला अरिंगालले भनेजस्तो न त प्रधानमन्त्री ओलीको सपना,न त उनको योजना नै हो ।

आधुनिक रेल्वे लाइनहरुले प्रयोग गर्ने स्ट्यान्डर्ड गेज छोडेर भारतमा थुप्रेका थोत्रा फलामका ट्याकं ‘जनकपुर रेल्वे’ चैंं पुरानो ब्रोडगेजमै निर्माण सम्पन्न भएको छ । २०२० मा आको विकास त्यही पनि लगभग त्यही प्रविधिको रेल त्यही ठाऊँमा १९३७ मा पनि थियो ! भारतको थोत्रो सकार्न साटो त पुरानै धोएर चलाएको भए नि हुन्थ्यो त!

बरू ओलीजीले हिन्दमहासागरमा चलाउने पानीजहाज र पर्वतको कुश्मा स्टेसन बनाउँदै हुईंकिने चुच्चेरेल चाहिँ कहाँसम्म आईपुग्यो त्यो सोधिखोजी गरे भयो ।

बयलगाडामा गणतन्त्र ल्याऊनेको त्यो भन्दा सुस्त ‘नन–ईलेक्ट्रिक ट्रेन’
आधुनिक रेल्वे लाइनहरुले प्रयोग गर्ने स्ट्यान्डर्ड गेज छोडेर भारतमा थुप्रेका थोत्रा फलामका ट्याकं ‘जनकपुर रेल्वे’ चैंं पुरानो ब्रोडगेजमै निर्माण सम्पन्न भएको छ ।

२०२० मा आको विकास त्यही पनि लगभग त्यही प्रविधिको रेल त्यही ठाऊँमा १९३७ मा पनि थियो ! भारतको थोत्रो सकार्न साटो त पुरानै धोएर चलाएको भए नि हुन्थ्यो त!

केही दिन भजन मण्डलीका कीर्तनको लागि भाका मिल्यो अब ! विकास विरोधको लागि होइन, सबलीकरणका लागि हुनुपर्छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी