तालमेल नमिले लक डाउन घातक बन्न सक्छ

  • ख-
  • ख+

डा. रघुनाथ न्यौपाने

यस विषयमा चर्चा गर्दा वचाउसँग सम्बन्ध राख्ने विषय र वचाउ गर्ने उपायहरु समय सान्दर्भिक हुने भएकाले यि विषयहरुबारे छोटो जानकारी यहाँ प्रस्तुत गरिएको छ ।

बचाउसँग सम्बन्ध राख्ने विषयहरुः
सबै प्रकारका रोगहरु विरुद्धको लडाईमा दीर्घकालिन उपचार उपायतर्फ सोच बढाउनु अति आवश्यक छ र अल्पकालिन उपचार उपायलाइ अल्पकालिन कै रुपमा बुझ्न पनि आवश्यक छ ।

वर्तमान सन्दर्भमा कोरोना रोग विरुद्धको लडाइमा खोप लिने र ढुक्क हुने जस्तो अल्पकालिन उपचार उपायको पछि मात्र लागिन्छ र दीर्घकालिन उपचार उपायको सोच अघि बढाउने तिर लागिन्न भने भ्याक्सिन लिने र ढुक्क हुने सोच कसैको रुचीको सामयिक सोच मात्र हुनेछ । भारतका डा.के के अग्रवाल लगायतका अरु डाक्टरहरुले दुई मात्रा कोरोनाको विरुद्धको भ्याक्सिन लगाएर पनि मृत्युवरण गर्न बाध्य भए ।

भ्याक्सिन लिने प्रति दशहजारमा २ देखि ३ जनामा पुनः कोरोनाको संक्रमण हुन सक्ने कुरा तथ्याङ्कले देखाएको छ । हरेक व्यक्तिको खानपिन, दिनचर्या, सामाजिक रहनसहन, रोगलाई हेर्ने दृष्टिकोण, समसामयिक सतर्कता–होसियारी आदि विषयहरु दीर्घकालिन र अल्पकालिन सोचसँग सम्बन्ध राख्ने विषयहरु हुन् । यी विषयहरुतर्फ रहेको होसियारीले दीर्घकाललाई र बेहोसियारीले अल्पकाललाई बुझाउँछन् ।

कोरोना रोग विरुद्धको लडाईमा भ्याक्सिनको प्रयोग पनि चुनौति देखि मुक्त छैन र यस बारेको अध्ययन अझै पनि पर्याप्त भैसकेको छैन । अहिले भारतमा फैलिएको कोरोना भाइरस द्वैध चरित्र को भाइरसले Vaccine को प्रभावकारीतालाई क्षिण पार्दै लगेको कुरा विश्व स्वास्थ्य संगठनको तथ्याङ्कले देखाएको छ ।

कोरोना भाइरसहरुले आफ्नो प्रत्येक पुस्तामा आफ्ना वंश गुणहरु फेरिरहेका छन् । सार्स कोभ २ बाट कोभिड १९ भए जस्तै । यसबाट कोरोना रोगलाई अझै गम्भिर किसिमले हेर्न बाँकि छ भन्ने बुझिन्छ तर खतरै खतरामात्र छ भनेर बुझ्न भने मिल्दैन ।

स्वस्थ–शान्त मानसिक अवस्था, शारीरिक पोषण र प्रतिरक्षात्मक क्षमता अन्तरसम्बन्धित विषयहरु हुन् । घट्दो शारीरिक तौल र कुपोषणका कारण अशान्त रहेको मानसिक अवस्थामा प्रतिरक्षात्मक क्षमता कमजोर रहन्छ ।

नेपालमा अहिले १५–४९ वर्षका १७% प्रतिशत महिलाहरु खाद्य कुपोषणद्धारा पिडित भएको कुरा नेपालको स्वास्थ्य मन्त्रालयको सन् २०११ र २०१७ को तथ्याङ्कले देखाएको छ । बचाउको हर सम्भव प्रयासमा यो समूहलाई विशेष ध्यान दिनुपर्ने अवस्था छ ।

कुपोषणद्धारा पिडित यो समूहलाई शरीरको पोषणमा पहिल्यै सुधार ल्याई भ्याक्सिन प्रयोग गर्दा दुष्परिणाम आउने सम्भावना प्रायः रहदैन । बाल–बच्चा, रोगी–अशक्त र बृद्ध–बृद्धाहरुको लागि अल्पकालिन अर्थात छोटो समयका लागि र तत्काल दिइने उपचारहरु हितकर मान्न सकिन्छ भने सक्रिय जवान वयस्कहरु दीर्घकालिन उपचार उपायतर्फ लाग्दा देश बलियो र निरोगि भएर आउन थाल्दछ ।
नेपालमा सन् २०११ को नेपाल सरकारको तथ्याङ्क अनुसार १६ देखि ४० वर्षका महिलाहरुको सङ्ख्या ५७,९८,९५८ छ । यति ठूलो सङ्ख्यामा रहेका महिलाहरु खास गरि गर्भधारण गर्ने उमेर समूह अन्तर्गत पर्दछन् । अधिकांश यी महिलाहरु निरक्षर छन् । नेपाली महिलाको साक्षरता प्रतिशत ४४.५ (सन् २०११) मात्र छ ।

शिक्षित र साक्षर विचको जनसम्पर्कको भाषा बुझ्न ४४.५ प्रतिशतको साक्षरता पर्याप्त छैन । यसकारण अधिकांश निरक्षर समुदायका महिलाहरु गर्भधारणको कारण शरीरमा आएको परिवर्तन गर्भधारण गरेको ८ देखि १० हप्ता सम्म हेक्का राख्न राम्ररि सक्दैनन् । यस अवस्थामा महिनावारि रोकिएको कहिले हो ? भनेर सोधियो भने उनिहरु ठिक ढंगले उत्तर दिन सक्दैनन् । यो कुरा मेरो ३५ वर्षको अनुभवले बताएको छ ।

यस अवस्थामा यी महिलाहरुलाई Covid 19 विरुद्धको भ्याक्सिन दिइयो भने त्यसको असर के होला ? भ्याक्सिनको प्रयोगका निम्ति देशव्यापीरुपमा प्रचार प्रसार गरे जस्तै दीर्घकालिन उपचार उपायको प्रचारप्रसारका निम्ति पनि देशव्यापि अभियानकोरुपमा कार्यक्रम लैजान जरुरि छ ।

किनभने संक्रमण गर्ने भाइरसका गुणहरु भाइरसका पुस्तापुस्ता अनुसार फरक फरक किसिमका हुने हुँदा कुनै एक किसिमको गुणभएको भाइरसका लागि भनि लगाइएको भ्याक्सिनले अरु भाइरसका विरुद्ध प्रयोग गर्दा प्राविधिक कठिनाइहरु अघि सर्न सक्दछन् । त्यस अवस्थामा बचाउ गर्ने उपाय भनेकै दीर्घकालिन उपाय हो ।

दीर्घकालिन उपचार उपायतर्फ लाग्नु पर्ने कारणमा जुन देशमा गरिबी अशिक्षा ज्यादा छ, खानपान अशुद्ध छ, जनता आफै सतर्क र अनुशासनित बन्न सकेका छैनन्, जहाँ स्रोत र साधन प्रशस्त भएर पनि उनीहरुको समुचित प्रयोग हुन सकेको छैन त्यस्ता देशहरुमा कोरोना भाइरसको चाप बढ्दो छ । अफगानिस्तान, पाकिस्तान, भारत, नेपाल यसका उदाहरणहरु हुन् । जहाँ कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या क्रमश ४.०, २.३, १.३, १.४ प्रतिशत रहेको छ ।

देशमा गरिने लकडाउन क्षणिक समाधानको उपाय हो । देशको आर्थिक र सामाजिक स्थितीसँग राम्रो गरि तालमेल खान सकेन भने परिणाम घातक हुन जान्छ । नेपालमा लकडाउन पछि सरदर दैनिक १२ जनाले आत्महत्या गरेको प्रहरी रिपोर्ट छ ।

आम जनसमुदायको प्रतिरक्षात्मक क्षमता विकासका निम्ति आम जनसमुदायमा ६०–७० प्रतिशतको संख्या कोरोना जस्तो रोगबाट जब संक्रमित हुन्छ तव आम जनसमुदायगत प्रतिरक्षात्मक क्षमता विकसित भएर आउँछ । जसलाई हर्ड इम्युनिटी भनिन्छ । नेपालमा अहिले यहि क्रम शुरु भएको छ । संक्रमितको संख्या ज्यादा ४८८००० छ भने मृत्यु हुनेको संख्या ७,८०८ (१.६%) भन्दा ज्यादा छैन ।

खोप लगाई Covid 19 बाट आम जनसमुदायमा छिटो गरी प्रतिरक्षात्मक क्षमता विकासमा सहयोग पु¥याउन सकिन्छ । तर नेपालको सन्दर्भमा देशको आर्थिक स्थिति र व्यवस्थापकीय गुणस्तरमा भने छरपस्ट चुनौति देखिएको छ । अहिले नेपालमा अक्सिजन सिलिण्डर, पि.पि.इ., भेन्टिलेटर र अस्पताल शैया जस्ता अत्यावश्यकीय वस्तुहरुको अभावै अभाव छ ।

अहिले बढ्दो आर्थिक अवस्थाको कारण खानपानमा आएको सुधार र आधुनिक उपचार पद्धतिको कारण जनताको आयु लामो हुन गएको छ । यो सकारात्मक पक्ष हो, आधुनिक जीवन पद्धतीको । तर आयुलाई मात्र सफल र सार्थक जीवन यथार्थमा मान्न भने सकिदैन । किनभने यहि आधुनिक जीवन पद्धति अनुसार बाँचीरहेका मानिसहरुमा चिन्ता उदासिनता रोग क्रमशः बढ्दो छ । विश्व स्वास्थ्य संगठनका अनुसार अहिले संसारका ७ अरब ७० करोड मानिसहरु मध्ये ३३ करोड ८८ लाख मानिसहरु चिन्ता उदासिनता का रोगबाट पीडित छन् ।

यो क्रम बढ्दो छ । यसकारण आयु लामो हुनुलाई मात्र सफल–सार्थक जीवन मान्न सकिदैन । सफल–सार्थक जीवनका निम्ति चित्तमा शान्ति र जीवन प्रशन्न चाहिन्छ । जीवनलाई सधै तथ्याङ्क र भाषामा (तथ्याङ्कमा आधारित योजना तथा कार्यक्रमहरु) ले मात्र बुझ्न हुदैन, भावनाले ज्यादा बुझ्नु पर्दछ । तवमात्र जीवन सफल–सार्थक बन्दछ । प्रतिवर्ष चिन्ता उदासिनताका विरामीहरु बढ्दै जानु भावना विग्रिएको उदाहरण हो ।

रोग प्रतिरक्षात्मक क्षमता, प्रतिरोधात्मक क्षमता र स्वस्थिरता स्थिति घर बनाउँदा ठड्याइने खम्बा जस्तै हाम्रो शरीरका खम्बाहरु हुन् । यी खम्बाहरु कमजोर भए शरीर पूरै कमजोर हुन्छ । यसैले यी खम्बाहरुलाई मजबूत पार्न निम्न कुराहरुमा ध्यान दिन आवश्यक छ । जस्तैः
१. जीवनशैली– सकारात्मक एवम् अनुकरणात्मक जीवनशैली
२. मनोविज्ञान– स्वस्थ, सक्रिय, सकारात्मक मनोविज्ञान
३. सामाजिक जनचेतनामूलक कार्यक्रम– स्वस्थ परम्परावादी अभ्यास समाविष्ट समसामयिक जनचेतनामूलक कार्यक्रम
जस्ता विषयहरुमा व्यापकता ल्याउनु पर्दछ ।

जीवनशैली
खानपान–शुद्ध ताजा शाकाहार, नियमित– स्नान, घाम ताप्ने अभ्यास, ध्यान साधना, प्राणायाम निरोग रहनका निम्ति आवश्यक छन् ।

मनोविज्ञान
सधै स्वस्थ रहिरहनका निम्ति मनलाई शान्त, सन्तुष्ट र सहयोगी बनाइरहनु पर्दछ । अशान्त र असहयोगि मन रोग पैदा गर्ने पहिलो कारण हो भने सदा शान्त सहयोगि मन रोग निवारण गर्ने पहिलो कारण हो ।

सामाजिक जनचेतनामूलक कार्यक्रम
१. समाचार सम्प्रेषण
मृत्यु हुने हरेक मृतकमा कोरोनाको नाम जोडिदिंदा जनता त्रसित भएका छन् र उनिहरुको मनोवल गिरेको छ । यसमा सुधार ल्याउनु जरुरी छ । यस्ता विषयहरुमा सुधार नआउँदा संसारमा करोडौ मानिस उदासिन मनोदशाको कारण पिडित हुन गएका छन् । यसमा मृत्यु गराउने खास रोग र सहायक रोग उल्लेख गरिदिदा राम्रो हुन्छ ।
२. गाउँ जाऊ जनता जगाऊ
योगाभ्यास धेरै प्रकारका रोगहरुमाथि नियन्त्रण ल्याउन ज्यादै प्रभावकारि छ र योगाभ्यासको साथमा घरेलु औषधीको प्रयोगले प्रभावकारीतामा थप बल पुगेको छ । यसैले यस्ता विषयहरुमा गाउँ गाउँमा जनजागरण अभियान ल्याउनु पर्दछ ।
३. वस्ति विकास र शहरीकरण
अहिले वस्ति विकास र शहरीकरणको क्रम बढ्दो छ । जसले जनसम्पर्क बढाएको छ र व्यक्ति व्यक्ति वीचको भौतिक दूरी घटाएको छ । फलस्वरुप कुनै पनि खालका सरुवा रोगहरु छिटो फैलन जाने सम्भावना ज्यादा रहेकोले यस विषय तर्फ जनतालाई सधै सचेत जागरुक पारी राख्नु पर्दछ र त्यधल एबिललष्लन को नक्साहरुमा आधुनिक रुप दिनु पर्दछ । तवमात्र सुधारमा व्यापकता ल्याउन सकिन्छ ।

सार सन्देश
१. शरीरमा भ्याक्सिनको प्रयोग जीवरक्षक कण ९ब्लतष्दयमथ० पैदा गर्नका निमित्त गरिन्छ । जीवरक्षक कण पैदा गर्नका निमित्त शरीरमा पर्याप्त मात्रामा प्रोटिन चाहिन्छ । यस निम्ति खानबाट प्रशस्त मात्रामा प्रोटिन दिनु पर्छ । यदि खानामा प्रशस्त मात्रामा प्रोटिन छैन भने शरीरमा जीवरक्षक कण पैदा गर्न र सक्रिय पार्न सकिदैन । यस्तो अवस्थामा यदि भ्याक्सिनको प्रयोग गरियो भने त्यस्तो भ्याक्सिनको उपयोगिता हराएर जाने मात्र हैन यसबाट हानीकारक असर देखिन सक्दछ ।

२. Covid 19 विरुद्धको भ्याक्सिन लिनका निम्ति गर्भधारण गरेका महिलाहरु सुरक्षित छन् भन्ने विषयमा उपलव्ध तथ्याङ्कहरुले राम्रो गरि पुष्टि दिन सकेको अवस्था छैन । नेपालका अधिकांश महिला अशिक्षित हुनु, आफ्नो स्वास्थ्य सम्बन्धि विषयमा विशेष होसियार हुन नसक्नु, गर्भधारण गरेको अवस्था हुनु, यसबारे सम्बन्धित चिकित्सक वा स्वास्थ्यकर्मिलाई बेलैमा सचेत पार्न नसक्नु र भ्याक्सिन लिनु हुन्छ भने त्यहाँ सोच्दै नसोचेको राम्रो नराम्रो स्थिति आएमा के गर्ने ? यस्तो अवस्थामा सम्बन्धित विषयको विशेषज्ञसँगको परामर्श हितकर हुन्थ्यो तर २९४ र केहि अतिरिक्तको सङ्ख्यामा रहेको स्त्री रोग विशेषज्ञहरुको सङ्ख्याले देशव्यापी रुपमा यस विषयलाई व्यावहारिक कति सम्म पार्न सक्ला ? त्यो त भविष्यले बताउला ।

३. मूलरुपमा स्वास्थ्य बाहिर खोज्दै हिड्ने विषय हैन । आफै भित्र खोज्न नसक्दा बाहिर भौतारिदै हिड्नु पर्ने भएको हो ।
४. आफ्नो सोच र समझ स्वस्थ छ भने शरीर स्वतः स्वस्थ हुन थाल्दछ ।
५. म र मेरो भावनाबाट रोग शुरु हुन्छ भने हामी र हाम्रो भावनाबाट निरोग शुरु हुन्छ । अस्तु !

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी