भानुबारे खै अध्ययन, खै लगानी ?

  • ख-
  • ख+

सन्देश आचार्य
भानुजयन्ती नजिकिए सँगै चुँदी क्षेत्रमा विकास निर्माणका चर्का भाषण औधी सुन्न पाइन्छ । तर विकासको प्रत्याभूति कहिल्यै लिन पाइंदैन, यो चली आएको नियम हो । र यसरी नै चलिरहन्छ ।आज भानुभक्त सम्बन्धी मतभेदका बारे थोरै लेख्ने जमर्को गरेको छु।


नेपाली साहित्यका आदिकवि, राष्ट्रिय विभूति भानुभक्त आचार्यको जन्म वि स १८७१ असार २९ गते तनहुँको चुदी रम्घामा भएको थियो ! बाजे (हजुरबुबा) श्रीकृष्ण आचार्यबाट शिक्षित बनेका उनले घाँसीको प्रेरणाले बाल्मिकी लिखित रामायणलाई नेपालीमा भावानुवाद गरेको उनका जीवनीबाट बुझ्न सकिन्छ । भानुभक्त एक व्यापक अध्ययनको विषयवस्तु हुन् ।

राष्ट्रिय गौरवका प्रतिक भानुभक्त आचार्य सम्बन्धी तथ्यगत खोजी, अध्ययन, अनुसन्धानमा टेवा दिने उद्देश्यका साथ स्थानीय निकायले आफ्नै पहलमा,राष्ट्रिय गौरवको आयोजनाको निर्माण गर्दै साहित्य अध्ययन अनुसन्धान केन्द्रको रूपमा भानुभक्त र चुँदी क्षेत्रको विकास गर्न अविलम्ब पहलकदमी राखोस्

तर उनका बारेमा उति सारो खोजी, अध्ययन र अनुसन्धान भएको पनि पाइंदैन । भएका सोधमुलक प्रतिवेदनहरूमा पनि वास्तविकता भेट्न सकिँदैन तर तिनै पत्याउनू पर्ने दूरावस्था छ । किनकी त्यो भन्दा पृथक अन्य कुनै खोजिले त्यसको अर्थलाई चिरेर सत्यता प्रकाशमा ल्याउन सकेको छैन ।


भानुभक्तकाबारे थुप्रै आलोचनात्मक टिप्पणीहरू पनि भेटिन्छन् । व्यक्ति अनुसारको वर्णन र ब्याख्याले भानुभक्तको जीवनीको गहन अध्ययन र अनुसन्धानमा बाधा परेको हो कि?


जन्मस्थानबारेको विवादलाई सल्टाउँ
यहाँ भानुभक्तको वास्तविक जन्मस्थानकैबारे विमतिहरू भेट्न सकिन्छ । उनको जन्म रम्घामा भयो, शिखर कटेरीमा, या त बेशी, मेरो घर पुर्वको खोल्सा पारी हाल लक्ष्मीनाथ आचार्य÷रमेश आचार्यको अहिलेको घरको ठिक अघिल्तिर ?

अध्ययन÷खोजी र अन्वेषणको विषय बन्नु पर्ने हो । उ बेला बेशीको खेतीपातीका लागि बेंसि झरेका भानुभक्तका बाजे÷बा औंलोका कारण शिखर कटेरीमा बसेको हुन सक्ने अनुमान गरिएको छ ।

जसलाई कुनै अमुक व्यक्तिको चुँदी भ्रमणका बेला कुनै वंशज बन्धुले भानुभक्तको जन्म शिखर कटेरीमा नै भएको बताईदिए पछि शिखर कटेरीले अहिलेको रूप पाएको हो । खासमा यो अनुसन्धान बाट पुष्टि भएको विषय भने होइन ।



चुँदी त एक अध्ययनको क्षेत्र बन्नु पर्ने हो । समृद्धिको उदाहरण बन्नु पर्ने हो । साहित्य उत्थानको कर्मथलो बन्नु पर्ने हो । तर चुँदी आज आफ्नैबाट अस्तित्व विलीनको बाटोमा छ ।

जीवनी अनुसन्धानमा खोई लगानी ?
भानुजन्मस्थल विकास समितिको स्थापना पश्चात् पनि भानुभक्त आचार्य सम्बन्धी खोजी, अध्ययन, अनुसन्धानले ब्यापकता पाएको पाइदैन । भानुजन्मस्थलले विकासको नाउँमा बाटो खन्यो, कुवा बनायो तर भानुभक्तको जीवनीबारे कुनै तथ्यगत अध्ययन, अनुसन्धानका विषयमा लगानी गरेन ।

जति गर्यो योजनाविहिन विकास निर्माण गर्यो । जुन कार्यले स्थापना काल देखि निरनतरता पाइरहेको छ । अहिले यसको गतिलो उदाहरण नवनिर्मित भानु पार्क हो र स्वयम् भानुजन्मस्थल विकास समितिको लथालिङ्ग अवस्थालाई हेर्न सकिन्छ ।अहिले चुँदीरम्घा उनकै नाउँमा स्थापना भएको नगरपालिका भित्र पर्दछ ।

कला साहित्य, संस्कृतिको क्षेत्रमा छुट्टै अस्तित्व बोकेको चुँदीरम्घाको दुरावस्थाको प्रमुख श्रेय,कसलाई दिने ? के भानु नगरपालिका यो विषयमा निर्दोष छ ?

प्रजातन्त्र,लोकतन्त्र,गणतन्त्र हुदै राज्यले संघीयता कार्यान्वयनमा ल्याए सँगै भानुप्रति दिनानुदिन अन्यायका कोर्राहरू प्रहार भएका छन् । चुँदी त एक अध्ययनको क्षेत्र बन्नु पर्ने हो । समृद्धिको उदाहरण बन्नु पर्ने हो । साहित्य उत्थानको कर्मथलो बन्नु पर्ने हो । तर चुँदी आज आफ्नैबाट अस्तित्व विलीनको बाटोमा छ । स्थानीयबाट होस या राज्यबाट चुँदी चुँदीहीन बन्दैछ ।


कला साहित्य, संस्कृतिको क्षेत्रमा छुट्टै अस्तित्व बोकेको चुँदीरम्घाको दुरावस्थाको प्रमुख श्रेय,कसलाई दिने ? के भानु नगरपालिका यो विषयमा निर्दोष छ ? सिङ्गो भानु नगरपालिकाको समष्टिगत विकासका लागी चँदी नै एक मात्र निर्विकल्प क्षेत्र हो । हामीसँग विविध सम्भाव्य कला, संस्कृति अनि साहित्य सम्पदाहरू छन् ।

भानुभक्त ठ्याक्कै यस्तै थिए भनेर कसैले पनि निर्क्यौल गर्न सक्ने स्थिती थिएन । न तस्विर लिने युग नै थियो ।

तिनको उचित अध्ययन, अनुसन्धान, संरक्षण, सम्बर्द्धन र संहार कसले, कसरी, कहिले गर्ने ? यो गौण विषय बनेको छ । माथी उद्घृत विषयहरू नै विकास निर्माणका प्रमुख आयामहरू हुन् । यसका लागि स्थानीय निकायले युवा लक्षित कुनै कार्ययोजना निर्माण गरेको पनि पाइंदैन ।

मुखाकृतिमै विविधिता अनि अन्यौल
भानुभक्तको मुखाकृतिमा पनि विभेद रहेको पाइन्छ । हामीले विभिन्न स्थानमा निर्मित भानु प्रतिमाहरूमा भानुभक्तको मुखाकृतिमा समेत विविधता पाउन सकिन्छ।यस्तो हुनु पनि अध्ययन अनुसन्धान कै कमि हो ।

भानुभक्त ठ्याक्कै यस्तै थिए भनेर कसैले पनि निर्क्यौल गर्न सक्ने स्थिती थिएन । न तस्विर लिने युग नै थियो । मोतिराम भट्टले भानुभक्तको जीवनचरित्रलाई प्रकाशमा ल्याए पश्चात्, तत् समय मोतिराम भट्ट कै हुलिया सँग मिल्दो जुल्दो भानुभक्तको मुखाकृती कोरिएको त होइन भन्ने प्रश्न पनि उठ्छ ।

भानुप्रति श्रद्धासुमन
नेपाली जगतमा एकैपल्ट भाषा, साहित्य, संस्कृति, धर्म, दर्शन, परम्परा, चरित्र, मर्यादा, पितृप्रेम, भ्रातृत्व, दाम्पत्य, कर्तव्य, देशप्रेम, जनवात्सल्य जस्ता समग्र विषयको समष्टिगत भाव प्रदान गरेका भानुभक्तले नेपालको राष्ट्रिय विभूति जस्तो सम्मानित पद पाएका हुन् ।
यिनै महान राष्ट्रिय विभूति, जातीय कवि ÷आदिकवि भानुभक्त आचार्यको आज २०८ औं जन्म जयन्ती मनाईरहँदा उनी प्रति सच्चा भावमिश्रीत श्रद्धाभाव अर्पण गर्दछु ।

अनुसन्धान अनि फेरि अनुसन्धान
उनले पाएको पदवीको सम्मानार्थ मात्र होइन, उनको जन्मभूमिप्रतिको न्यायका निम्ति पनि यिनै राष्ट्रिय गौरवका प्रतिक भानुभक्त आचार्य सम्बन्धी तथ्यगत खोजी, अध्ययन, अनुसन्धानमा टेवा दिने उद्देश्यका साथ स्थानीय निकायले आफ्नै पहलमा,राष्ट्रिय गौरवको आयोजनाको निर्माण गर्दै साहित्य अध्ययन अनुसन्धान केन्द्रको रूपमा भानुभक्त र चुँदी क्षेत्रको विकास गर्न अविलम्ब पहलकदमी राखोस् भन्ने लेखक अनि भानुको जन्मथलोका बासिन्दाको जोडदार माग हो । जय भानु !
(आदिकवि भानुभक्तका वंशज लेखक भानुकै जन्मथलोमा बसोबास गर्छन् )

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्