अरु बेला बिर्सने आज सम्झने आदिकवि भानुभक्त

  • ख-
  • ख+

(सन्दर्भः भानु जयन्ती)
प्रकृति खनाल न्यौपाने
भानुभक्त आचार्य (वि. सं. १८७१ असार २९ – वि सं. १९२५ असोज) नेपाली साहित्यका प्राथमिक(प्रथम) कालका प्रतिनिधि कवि हुन् । उनी वाल्मीकि रामायणका अनुवादकका रूपमा प्रख्यात छन् ।

मोतिराम भट्टले उनलाई पहिलो पटक नेपाली भाषाका आदिकवि उपाधि दिएका थिए । उनले प्रश्नोत्तर (वि.सं. १९१० ), भक्तमाला (वि.सं. १९१०), वधूशिक्षा(वि सं १९१९) लगायतका कृतिहरू लेखेका छन् । उनका पाण्डुलिपिहरू लाई सङ्ग्रह गरेर मोतिराम भट्टले पुस्तकाकारमा प्रकाशित गरेपछि उनी नेपाली साहित्यमा चिनिएका हुन् ।

भानुभक्त आचार्यको सम्मान कसरी?
आदिकवि भानुभक्त आचार्य नेपाली इतिहासका भाषिक र साहित्यिक योद्वा हुन् ।यो जोसुकैलाई थाहा छ । उनको पहिचानमा परिचय दिन हामी रमाइलो मान्छौं । तर त्यो पहिचानलाई दीर्घकालीन बनाउन के –के गरेका छौं त हामीले?

सोचनीय बन्दै गरेको प्रश्नले समग्र नेपालीहरूलाई प्रतिप्रश्न गरेको छ । दुई दिवसीय कार्यक्रमले मात्र भए पनि पत्रकारका कलम चलेका छन् । तर बर्सेनि उपेक्षामा भानुजन्मस्थान यही त हो हाम्रो कलम? भानुलाई तथा उनका कृतित्व र इतिहासलाई जीवन्त राख्ने हो भने भानु जन्मस्थानकै संरक्षण र प्रवर्द्धनमा जुट्नु पर्ने देखिन्छ । नगरपालिकाको नाम मात्र भानु राखेर हुँदैन ।


अहिले भानु जन्मस्थल क्षेत्र संरक्षण समितिको नाम राजपत्रांकित रूपमा नै संरक्षण र प्रवद्र्धन गर्ने हेतुले संघीय सरकार अन्तरगत आदिकवि भानुभक्त जन्मस्थल विकास समिति नामाकरण गरिएको छ । तर त्यसले गर्ने कामको सीमितता अनि अधिकांश समय हुने राजनैतिक हस्तक्षेपले गर्दा समितिको काममा ठोस उपलब्धि देखिएको छैन ।


राजनीतिबाट निराश स्थानीय
स्थानीयको अपेक्षा भने, अब भानु जन्मस्थल विकास र प्रवर्द्धनमा अगाडि जान्छ । किनकी संघीय सरकार मातहतका बौद्विक उच्च श्रेणीका कर्मचारीहरू खटाएर यसको उन्नयन र प्रवर्द्धनमा निरन्तर रचनात्मक कार्य हुनुपर्छ ।

कामना सबैको त्यही तर यसलाई सरकारले आफ्नो स्वामित्वमा लिएर निरन्तर काम गर्नु आजको आवश्यकता भन्दा पनि हिजोकै कमजोरी मान्न सकिन्छ ।


जब भानु जन्मस्थान भानु रम्घा पुगिन्छ, स्थानीयहरू निरास देखिन्छन् । यो राजनीतिक अखडा भयो ।

जब भानु जन्मस्थान भानु रम्घा पुगिन्छ, स्थानीयहरू निरास देखिन्छन् । यो राजनीतिक अखडा भयो । राजनीति गर्ने विषय बन्यों । नयाँ सरकार फेरिंदापिच्छे फेरिने समितिको नेतृत्व अनि विषयको ज्ञान कम हुनेले चलाउने समितिको कामबाट स्थानीय असन्तुष्ट छन् । झन् पछिल्ला वर्षमा बढेको हस्तक्षेप र काममा देखिएको अप्रभावकारिताले धेरैलाई छोएको छ ।

साहित्यिक हब कसरी बनाउने?
भानुको जन्मस्थानलाई साहित्यिक हब बनाउन केन्द्रीय पुस्तकालय, साहित्यिक झमघट केन्द्र ,राष्ट्रिय साहित्यिक कार्यक्रम स्थल, साहित्यिक पर्यटन केन्द्र जस्ता धेरै चिनारीहरू अगाडि सारी भानुको योगदानलाई राष्ट्रिय तथा अन्तरास्ट्रिय स्तरमा चिनाउनु पर्ने देखिन्छ ।

अहिले भानुको जन्मघरनजिकै पुस्तकालय त बनेको छ । तर त्यसको प्रयोग छैन । साहित्यकार यस ठाउँमा आएर भानुबारे अध्ययन गर्ने वातावरण मात्र तयार पार्न सके देश तथा विदेशका नेपाली साहित्यानुरागीले यस ठाउँलाई साहित्यिक तीर्थस्थलका रुपमा मान्ने सम्भावना अधिक छ ।

दायित्व कसको ?
यसलाई साहित्यिक हवको विकास गर्न, ३वटै सरकार लाग्नुपर्ने देखिन्छ । त्यसमाथि राजनैतिक नेतृत्व ,साहित्यिक योद्वा अनि भाषिक योद्वा लगायत स्थानीय सरोकारवालाको कुटनैतिक पहल र प्रचार प्रसार पनि आबश्यक देखिन्छ ।

विभिन्न समिति तथा उपसमिति गठन गरि दायित्व र जिम्मेवार वितरण गर्न सके यसको विकास र प्रवर्द्धन अवश्य हुन्छ किनकी भानु नेपाली साहित्यका आदि पुरूष हुन् ।भानुका नाममा रहेका जग्गा जमिनलाई साहित्यिक उत्पादकमूलक गतिविधि मा प्रयोग गर्न सक्नुपर्छ।

भानुका नाममा लगभग दर्ता सहित १८ रोपनी र दर्तारहित ५० रोपनी रहेको स्रोतगत रिपोर्टिङमा खुल्छ । हाल आदिकवि भानुभक्त जन्मस्थल विकास समितिमा गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालय अन्तरगत प्रदेश सरकार बाट १०लाख सहयोग भई भौतिक संरचनालाई मर्मत गर्ने कार्य भैरहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्