पत्रकार काफ्ले र व्यवसायी पराजुलीले खोले सोह्रखुट्टेमा ‘कान्छी थकाली’

दमौली न्युज
  • ख-
  • ख+

दमौलीः दमौलीका पत्रकार प्रदीप काफ्ले तथा व्यवसायी विष्णु पराजुलीले काठमाडौंको सोह्रखुट्टेमा कान्छी थकाली किचन स्थापना गरेका छन् ।


ठमेलनजिकै शान्त वातावरणमा नेपाली स्वाद पस्कने उद्देश्यले स्थापना गरिएको किचनको रेष्टुरेन्ट तथा बार एसोसिएसन रेबानका केन्द्रीय अध्यक्ष संघर्ष बिष्टले उद्घाटन गरे ।


पत्रकारितामा लामो अनुभव सँगालेका काफ्लेले फरक व्यवसायिक अनुभवका लागि व्यवसायमा हात हालेको बताउँदै गुणस्तरीय सेवा पस्कने बताए । अर्का सञ्चालक पराजुलीले विगतमा दमौली तथा पोखरामा स्थापना गरेको व्यवसायिक अनुभवले सेवा दिने बताए ।


शुरुवातकै दिन ग्राहक तथा सेवाग्राहीबाट सकारात्मक रिभ्यु प्राप्त भएको किचनले बताएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्