वार्ता गर्न दुर्गा प्रसाईंको टिम सिंहदरबारमा

दमौली न्युज
  • ख-
  • ख+

काठमाडौँ —‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियान’का दुर्गा प्रसाईं र प्रधानमन्त्री सुशीला कार्कीबीच वार्ता सुरु भएको छ । सोमबार अपराह्न प्रसाईं नेतृत्वको समूह र प्रधानमन्त्री कार्की एवं गृहमन्त्री ओमप्रकाश अर्याललगायतसँग वार्ता सुरु भएको हो । 

प्रसाईं समूहबाट वार्तामा १९ जना सहभागी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

केही दिनअघि मात्रै प्रधानमन्त्री कार्यालयले पत्र पठाएर प्रसाईंलाई वार्ताका लागि आह्वान गरेको थियो । प्रधानमन्त्री कार्कीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले पत्र लेख्दै सोमबार छलफलमा बोलाएका थिए । साभारः कान्तिपुरबाट

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्