कोभिड संकटः संक्रमण रोक्ने बाटो खोज्न डिसीसीएमसी बैठक बस्दै

  • ख-
  • ख+

दमौलीः देशैभर कोरोना संक्रमण बढिरहेको अवस्थामा तनहुँमा पनि ग्राफ उकालो लागे पछि उत्पन्न अवस्थाबारे छलफल गर्न दमौलीमा अहिले जिल्ला कोभिड संकट व्यवस्थापन समिति (डिसीसीएमसी ) बैठक बस्दैछ ।

प्रमुख जिल्ला अधिकारी सागर आचार्यको संयोजकत्वमा जिल्ला प्रशासन कार्यालय तनहुँमा बस्ने बैठकमा संक्रमणको दर बढिरहेका बेला अपनाउन सकिने थप रोकथामका उपायबारे छलफल हुनेछ ।

पछिल्लो समय दैनिक संक्रमण दर बढिरहेको र पाँच सय पुग्न लागेका बेला संक्रमितको उपचार अनि फैलावट रोक्न अपनाउने उपाय, निषेधाज्ञाको ढाँचा आदि विषयमा समेत छलफल हुने सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले जानकारी दिए ।

बैठकमा आएका छलफल तथा सुझावका आधारमा थप कदम चाल्ने तयारी प्रशासनको छ । प्रशासनले सोमबारबाट लागु हुने गरी मात्र भौतिक उपस्थितीमा विद्यालयको कक्षा सञ्चालन गर्नमा रोक लगाएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी