रूसले उत्पादन गरेको कोरोना भ्याक्सिन : एकपटक लगाएपछि २ वर्ष ढुक्क हुने !

  • ख-
  • ख+

कोरोना भाइरस विरूद्ध रूसले उत्पादन सुरू गरिसकेको भ्याक्सिनबारे सर्वत्र चासो र शंका उब्जिरहेका वेला रूसी अधिकारीहरूले भने यसमा विश्वस्त पार्न खोजिरहेका छन् ।

कोरोनाविरुद्धको भ्याक्सिन सार्वजनिक गरेर लगत्तै व्यापक उत्पादन सुरू गरिसकेको रूसको दाबी छ । त्यहाँका राष्ट्रपति भ्लादिमीर पुटिनले रुसी कोरोनाविरुद्धको भ्याक्सीन विश्वमै पहिलो भ्याक्सिन बनाएको दाबी गरेका थिए । यसको नाम पनि विश्वकै सबैभन्दा पहिलो भूउपग्रह स्पुत्निक फाइभको सम्मानमा ‘स्पुत्निक’ राखिएको छ ।

रुसी भाषामा स्पुत्निक भनेको भूउपग्रह हो ।पुटिनले आफ्नी छोरीले पनि उक्त भ्याक्सिन लगाएको बताउँदै यो सुरक्षित रहेको दाबी गरेका छन् ।यसैबीच रुसी एक अधिकारीले यो भ्याक्सिनको असर थोरैमा दुई वर्षसम्म रहने बताएका छन् । उनले भ्याक्सिन लिएपछि २ वर्षसम्म कोरोना भाइरसबाट ढुक्क हुन सकिने बताएका हुन् । रुसी न्यूज एजेन्सी टीएसएसएसका अनुसार गामेलिया अनुसन्धान केन्द्रका निर्देशक अलेक्जेन्डर गिन्टसवर्गले रुसको कोरोना भ्याक्सिनको असर मात्र ६ महिना वा एक वर्षको मात्र नहुने र यसले दुई वर्षसम्म भाइरसबाट टाढा राख्ने दाबी गरेका हुन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्