भारतबाट आउन थाल्यो कोरोनाको औषधि

  • ख-
  • ख+

काठमाडौँ : कोभिड १९ का लागि उपयोगी हुनसक्ने औषधि रामदेसिविर भारतका तीन कम्पनीले नेपालका लागि वितरण गर्न थालेका छन् ।

कोभिड १९ का बिरामीको लागि रोग प्रतिरोधी क्षमता बढाउन सक्ने औषधिको रुपमा यसलाई सिफारिस गरिएको थियो । भारतीय एनडीटीभीले औषधि उत्पादक कम्पनी म्यालन,किप्ला र हेटेरो ड्रग्सले नेपालका लागि उक्त औषधि उपलब्ध गराउने उल्लेख गरेको छ ।

नेपाल सरकारले ती कम्पनीलाई औषधिका लागि अनुमति दिने औषधि विभागका निर्देशक नारायण प्रसाद ढकालले जानकारी दिएका छन् । तीमध्ये म्यालनले औषधि बाँड्न सुरु गरिसकेको बताइएको छ । औषधि विभागका अनुसार ५७० वटा शिशिको माग भएको थियो ।

कोभिड-१९ का कारण जोखिमको अवस्थामा पुगिसकेका बिरामीका लागि यो औषधि प्रयोग गरिन्छ । जुन औषधिलाई नेपाली ७ हजार ८ सय नेपाली रुपैयाँ पर्ने बताइएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्