गण्डकी कोभिड संक्रमणः उच्च मृत्यु हुनेमा तनहुँ तेश्रो

  • ख-
  • ख+

दमौलीः पछिल्लो समय संक्रमितको संख्या बढिरहेको तनहुँ जिल्ला हालसम्म कोभिड संक्रमणका कारण ज्यान गुमाउनेमा गण्डकी प्रदेशमै तेश्रो ठाउँमा देखिएको छ ।


गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार तनहुँमा हालसम्म यसरी ज्यान गुमाउनेको संख्या २६ पुगेको छ । प्रदेशमा सर्वाधिक मृत्यु कास्कीमा हालसम्म एक सय ३१ पुगेको छ ।

यसका अलावा दोश्रो स्थानमा आएको लमजुङमा २८ जनाले हालसम्म ज्यान गुमाइसकेका छन् ।
तनहुँमा हालसम्म १६४२ संक्रमित भएकामा १४९३ निको भैसकेका छन् ।


नवलपरासी पूर्वमा २२ तथा स्याङजामा २० मृत्यु हुँदा सबैभन्दा कम मनाङमा शून्य तथा मुस्ताङमा एक संक्रमितको ज्यान गएको पाइएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी