म्याग्दे गाउँपालिका द्वारा सामुदायिक विद्यालयलाइ फाेटाेकपि मेसिन हस्तान्तरण

  • ख-
  • ख+

म्याग्दे : म्याग्दे गाउँपालिकाले सामुदायिक विद्यालय हरूलाइ फाेटाेकपि मेसिन हस्तान्तरण गरेको छ । मंगलबार गाउँपालिकामा अायाेजित एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष मायादेवी राना तथा प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद अधिकारीले सम्बन्धित विद्यालयका प्रअ हरू लाई उक्त मेसिन हस्तान्तरण गरेका हुन् ।

गाउँपालिका भित्रका १५ वटा सामुदायिक विद्यालयहरू लाई फाेटाेकपि मेसिन हस्तान्तरण गरिएको प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद अधिकारीले बताए । विद्यालयकाे प्रशासनिक कार्यमा सहयोग पुर्याउन मेसिन हस्तान्तरण गरिएको अधिकारीले बताए । विद्यालयले पाएकाे मेसिन उपयोगी बनाेस गाउँपालिका अध्यक्ष मायादेवी रानाले भनिन् ।

यसअघि विद्यालयलाइ प्रश्नपत्र प्रिन्ट गर्न देखि अन्य समस्या रहेको थियो , तर अब मेसिन प्राप्त पश्चात् त्यो समस्या हट्छ भन्ने विश्वास लिएको छु अध्यक्ष रानाले भनिन् । मेसिन पाउँदा अाँफुहरू लाई निकै खुसि लागेको भन्दै रत्न माविका प्रअ रमेश बाबु भट्टराईले गाउँपालिका लाई धन्यवाद प्रकट गरे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी