कोभिड संकट:तनहुँमा निषेधाज्ञा होला ?

  • ख-
  • ख+

दमौलीः निषेधाज्ञाका लागि स्थानीय तहका प्रमुखहरुको बैठकले सिफारिस गरेको भोलिपल्ट जिल्ला कोभिड संकट व्यवस्थापन समिति (डिसीएमसी)को बैठक बस्दैछ । सोमबारको बैठकले डिसीएमसीलाई निषेधाज्ञाका लागि सिफारिस गरेको थियो । निर्णयमा समय नतोकिए पनि तीन दिनभित्र निषेधाज्ञाका लागि भनेर गरिएको सिफारिसका विषयमा आज बस्ने बैठकले निर्णय लिनेछ ।


प्रमुख जिल्ला अधिकारी संयोजक रहने समितिमा स्थानीय तहसँगै जिल्लाका सुरक्षा र स्वास्थ्य निकाय र सम्बद्ध सरकारी निकायका प्रमुख पनि रहन्छन् । सोही समितिले जिल्लामा कोभिड संक्रमणको फैलावट र अन्य आधार हेरेर निषेधाज्ञा जारी गर्ने वा नगर्ने निर्णय गर्नेछ ।


जिल्लामा हालसम्म संक्रमितको आंकडा ठूलो नदेखिए पनि छिमेकको अवस्था आदि हेरेर निर्णय गर्ने प्रमुख जिल्ला अधिकारी सागर आचार्यले बताए । ‘अहिल्यै आत्तिने अवस्था छैन,’ दमौली न्यूजसँग उनले भने,‘तर भोली आउन सक्ने परिणामबारे सोचेर आवश्यक निर्णय हुन्छ ।’

‘अहिल्यै आत्तिने अवस्था छैन,’ दमौली न्यूजसँग उनले भने,‘तर भोली आउन सक्ने परिणामबारे सोचेर आवश्यक निर्णय हुन्छ ।’


देशैभर धेरै जिल्लामा निषेधाज्ञा भएकाले धेरैले बैठकमार्फत केही दिनपछिको मिति तय गरेर निषेधाज्ञा हुने आंकलन गरेका छन् । एक सुरक्षा निकायका प्रमुखले अहिल्यै धेरै नदेखिए पनि भित्री हिसाबले संक्रमण फैलिएको अवस्थामा संक्रमणको जालो तोड्नका लागि आवश्यक कदम चाल्नुपर्ने सुझाव दिएको बताए ।

‘यो बेला सजग नहुने हो भने सीमाका जिल्लाको अवस्था जस्तै यहाँ पनि आउन सक्छ,’ उनले भने । तर पहिलेको तुलनामा आवतजावत पातलो भएको र तुलनात्मक रुपमा बजारमा आउने व्यक्ति पनि मास्क प्रयोग आदिमा सजग देखिएकाले बैठकमा यी दुवै पाटोमा छलफल हुनेछ ।

एक सुरक्षा निकायका प्रमुखले अहिल्यै धेरै नदेखिए पनि भित्री हिसाबले संक्रमण फैलिएको अवस्थामा संक्रमणको जालो तोड्नका लागि आवश्यक कदम चाल्नुपर्ने सुझाव दिएको बताए ।

सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले सबै अवस्था हेरेर मात्र निर्णय गरिने जानकारी दिए । बैठक दिउँसो ४ बजेका लागि तय गरिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी