कोरोना संक्रमण: गण्डकी प्रदेशमा आठको मृत्यु

  • ख-
  • ख+

पोखराः कोरोना संक्रमणका कारण गण्डकी प्रदेशमा थप आठ जनाको ज्यान गएको छ । दुई दिनयता पोखराका विभिन्न अस्पतालमा उनीहरुको ज्यान गएको गण्डकी प्रदेश स्वास्थ्य
निर्देशनालयले जनाएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयले आइतबार कास्कीका ५, पर्वत, रुपन्देही र दाङका कोरोना संक्रमितको मृत्यु पुष्टि गरेको हो ।

कास्कीको पोखरा महानगरपालिका १६ का ७७ वर्षीय पुरुष, पोखरा २६ का ५८ वर्षीय महिला, पोखरा १६ की ७३ वर्षीय महिला, पोखरा १० की महिला (उमेर नखुलेको), पोखरा १९ का ५४ वर्षीय पुरुषको पोखराका विभिन्न अस्पतालमा शनिबार मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए ।

पर्वतको कुश्मा नगरपालिका ५ की ७६ वर्षीया महिला, लुम्बिनी प्रदेशको दाङ राप्ती गाउँपालिका ५ का ४३ वर्षीय पुरुष र रुपन्देहीको बुटवल उपमहानगरपालिका ३ का ७५ वर्षीय संक्रमितको पोखरामा उपचारकै क्रममा पछिल्लो ३ दिनयता मृत्यु भएको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी