जीप दुर्घटना भएकै ठाउँमा स्कुटर दुर्घटना दुईको मृत्यु

  • ख-
  • ख+

दमौली: बोलेरो जीप दुर्घटनामा भएको स्थान ऋषिङ्ग-१, धारापानीमा बुधबार फेरि स्कुटर दुर्घटना हुँदा दुई जनाले ज्यान गुमाएका छन् ।

ऋषिङ्ग-४, थप्रेकबाट दमौलीतर्फ आईरहेको ग १८ प ३७७ स्कुटर सालबास ओरालोको धारापानीमा दुर्घटना हुँदा ज्यान जानेमा स्कुटर चालक ऋषिङ्ग४ थप्रेक निवासी सन्देश गजमेरर पछाडी सवार स्थानीय पवित्रा रानाभाट छन् ।

गजमेरको दमौली र रानाभाटको मणिपाल शिक्षण अस्पताल पोखरामा ज्यान गएको प्रहरीले जनाएको छ । गजमेर बाल विकास माविका लेखापाल र रानाभाट महेन्द्रज्योती माविका शिक्षक भएको बुझिएको छ। कोरोना संक्रमणका कारण विद्यालय बन्द भए पछि दुवै व्यास ३ देउराली नगरस्थित घर फर्कने क्रममा दुर्घटना भएको परिवारले जनाएको छ ।

प्रत्यक्षदर्शीहरुले जनाए अनुसार ओरालोमा ब्रेक फेल भइ सन्तुलन गुमाउँदा स्कुटर पानी ट्याङ्गकरमा ठोकिएको थियो । स्थानीयहरुको सहयोगमा घाइतेहरुको उद्दार गरि दमौली पठाइएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी