म्याग्देमा सञ्चालित सिलाइ कटाइ तालिम सम्पन्न

  • ख-
  • ख+

म्याग्दे: म्याग्देमा सञ्चालित सिलाइ कटाइ तालिम सम्पन्न गरिबी निवारणका लागि लघु उधम विकाश कार्यक्रम अन्तर्गत म्याग्दे गाउँपालिकाकाे अायाेजनामा सिलाई कटाई तालिम सम्पन्न भएकाे छ ।

म्याग्दे गापा वडा न ६ स्थित सर्वालगमा सँचालित उक्त तालिमकाे गाउँपालिका अध्यक्ष मायादेवि रानाकाे प्रमुख अतिथ्यता तथा उपाध्यक्ष वालकृष्ण घिमिरेको विशेष अतिथ्यतामा समापन भयाे । समापन कार्यक्रममा बाेल्दै गापा अध्यक्ष मायादेवी रानाले सिपलाइ प्रयाेगमा ल्याउँदा अायअार्जन गर्न सकिने बताइन् ।

गाउँपालिकाले दिएको तालिम सँगसँगै मेशिनकाे भरपुर उपयाेग गर्न र अात्मनिर्भर बन्न रानाले अाग्रह गरिन् । कार्यक्रममा उपाध्यक्ष बालकृष्ण घिमिरेले सीप पश्चात् राेजगारिका लागि अवसर मिलेकोले सिकेको सिपलाई ढुक्कसँग ब्यबहारमा उतार्न अाग्रह गरे ।

सीप सिक्न चाहनेका लागि सीप सँगै प्रविधिका कार्यक्रमलाई पनि अगाडि बढाएको प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद अधिकारीले बताए ।

वडा न ६ का वडाअध्यक्ष वसन थापाकाे सभापतित्वमा भएकाे कार्यक्रममा कार्यपालिका सदस्य वद्रिका घिमिरे, लेखा अधिकृत नवराज पाेखरेल , उधाेग शाखा प्रमुख प्रदिप न्याैपाने , प्रशिक्षक विन्दु जि.सि. लगायतले सिकेकाे सिपलाई व्यवहारमा लागू गर्न अागह गरे । गापाले सँचालन गरेकाे साे तालिममा १० जना सहभागी भई कुर्ता, सुरूवाल, चाेलाे, मेक्सि , दाैरा , भाेटाे , व्याउज ,चाेला लगायतका सामानहरू सिलाउन सिकेका छन् ।

साे अवसरमा गापा अध्यक्ष मायादेवि राना तथा उपाध्यक्ष वालकृष्ण घिमिरेले सँयुक्त रूपमा उधमिलाई सिलाई मेसिन ५ थान हस्तान्तरण गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी