‘ऋषिङ्गमा कांग्रेसको वर्चस्व राख्न तरुणको भूमिका महत्वपूर्ण ‘

  • ख-
  • ख+

ऋषिङ्गःऋषिङ्ग गाउँपालिकाको तरुण दल ऋषिङ्ग गाउँ कार्य समितिको पदाधिकारी तथा सदस्यहरुको पदस्थापन तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।


ऋषिङ्ग गाउँपालिका वडा नं ४ को गुम्लेकमा सम्पन्न कार्यक्रम तरुण दल क्षेत्र नं २ का सभापती दान बहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रम संविधान सभा सदस्य झुल बहादुर आलेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी आलेले तरुणहरु पार्टिको मेरुदण्ड भएको भन्दै कांग्रेसको राजनैतिक ईतिहाँसमा तरुणहरुको भुमिकाको स्मरण गरे । आलेले आगामी निर्बाचनमा ऋषिङ्ग गाउँपालिकामा कांग्रेसको बर्चश्व कायम राख्दै अन्य दलमा आवद्ध युवाहरुलाई तरुण दलमा आवद्ध गराई लोकतान्त्रीक आन्दोलनमा सहयात्री बनाउनुपर्ने बताए ।


कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका क्षेत्रीय सभापती तथा ऋषिङ्ग गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले गाउँपालिकाका युवाहरुको लागि निर्माण गरिएका कार्यक्रममा सहभागी अपेक्षित हुने नगरेको र गाउँपालिकाले बेलाबेलामा गरिने सुचना तथा युवाहरुको सहभागितालाई गम्भीर रुपमा लिएर कार्यसमिति अगाडि बढ्नुपर्ने बताए ।


अबको समय युवाहरुको आत्मनिर्भर्ताको लागि पार्टी सभापती र जनप्रतिनिधिको दोहोर भुमिका खेल्ने आफ्नो बाध्यताका बिच लोकतान्त्रीक हक स्थापनामा युवाहरुलाई सदैब साथसाथै लैजाने प्रतिबद्धता ब्यक्त गरेका हुन । कार्यक्रममा अधिबेशनबाट निर्बाचित पदाधिकारी तथा सदस्यहरुलाई संविधान सभा सदस्य झुल बहादुर आलेले सपथ ग्रहण गराएका थिए भने वडाकार्य समितिका अध्यक्षहरुलाई गाउँकार्यसमितिका अध्यक्ष बुद्धिमान राना मगरले सपथ ग्रहण गराएका थिए ।

कार्यक्रममा नेपाली कांग्रेस जिल्ला कार्य समितिका सदस्य मोहन गिरी, क्षेत्रीय सचिब ईन्द्र बहादुर आले, वडा नं ८ का सभापती भरतकुमार श्रेष्ठ , वडा नं ४ का वडाध्यक्ष भोजराज रानाभाट लगायतले मन्तब्य दिएको उक्त कार्यक्रममा तरुण दलका केन्द्रीय पार्षद मथुराकृष्ण श्रेष्ठ तथा नेपाली कांग्रेसका क्षेत्रीय सदस्य तिलबहादुर थापाले बोलेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी