भिमादका २ जनामा कोरोना संक्रमण, प्रदेश भर ५३ थपिए

  • ख-
  • ख+


दमौली : तनहुँको भिमाद नगरपालिका ६ का दुई जना पुरूषमा कोरोना संक्रमण देखिएको छ । त्यसैगरी गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले अध्यावधिक गरेको विवरण अनुसार गण्डकी प्रदेशमा सुक्रबार ५३ संक्रमण पुष्टि भएको हो । जसमा कास्कीका ४०,गोर्खाका ५, बागलुङका ३, पर्वत र म्याग्दीका १/१ जनामा देखिएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएका परिक्षणमा उनीहरूमा संक्रमण भेटिएको स्वास्थ निर्देशनालयले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी