तनहुँ उद्योग वाणिज्य संघ महाधिवेशन :आज अध्यक्षका लागि मतदान

  • ख-
  • ख+

दमौलीः तनहुँ उद्योग वाणिज्य संघको १६ औं महाधिवेशनअन्र्तगत आज मतदानमार्फत अध्यक्ष चयन हुँदैछन् । संघको लामो ईतिहासमा अध्यक्ष पदका लागि मात्र मतदानमार्फत नेता छान्ने सम्भवतः यो पहिलो मौका हो ।


अध्यक्षका लागि बिहान आठ बजे शुरु हुने मतदान प्रक्रिया दिउँसो चार बजेसम्म चल्नेछ ।
विगतमा प्यानलबीच नै मुख्य प्रतिष्पर्धा हुने परम्पराविपरित यसपाली एउटा पदमा मात्र दुईजनाको चुनावी प्रतिष्पर्धाले मतदाताका लागि एउटा मात्र विकल्प छान्ने चुनौती छ ।

दुवै दमौलीका उम्मेदवार भएका कारण विगतमा दमौलीका उम्मेदवारले पाउने फाइदा यसपाली दुवैलाई हुनेछैन । कुल एक हजार नौ सय ५० मत रहेको संघअन्र्तगत दमौलीसँग मात्र एक हजार ८५ मत भएका कारण पनि यही बजारमा धेरै मेहनत गर्न सक्ने लोकप्रिय उम्मेदवारको सम्भावना बढी रहने तथ्यांकले देखाउँछ ।


बहिरका ठूला बजार एकाईहरु भीमाद, खैरेनीटार, दुलेगौंडा र भन्सारसमेत संघको छाताबाट बाहिरिए पछि यसपालीको चुनावमा अरु बाँकी बजारको तुलनामा दमौलीको लोकप्रिय मत बढी तान्न सक्नेले नै चुनाव जित्ने अवस्था छ ।


तर दुवै उम्मेदवार दमौलीका भएका कारण दुवैलाई बजारबाट बढी मत पाउने आशा छ । अर्को ठूलो बजार डुम्रे र आँबुखैरेनीमा पकड राख्न सकेमा त्यसले आकांक्षीलाई सहज जीतको बाटो तय गर्न सघाउनेछ । यसकारण विगतको जस्तो चुनावी हिसाबले यसपाली काम गर्ने सम्भावना छैन ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी