तनहुँमा यस अघि खोप लगाएकाले वैशाख ७ र ८ गते पुनः खोप लगाउन पाउने

  • ख-
  • ख+

दमौलीः कोभिडविरुद्धको खोप लगाएकाहरुका लागि दोश्रो चरणको खोप अभियान यही वैशाख ७ र ८ गते सञ्चालन गरिने भएको छ ।


प्रमुख जिल्ला अधिकारी सागर आचार्यको संयोजकत्वमा बसेको जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले दोश्रो मात्रा खोपका लागि समय तय गरेको हो ।
जिल्लाका १० वटै तहबाट खोप लगाएका मध्ये तनहुँमा केन्द्र भएका हरुका लागि विभिन्न् भागमा खोप लगाउने ठाउँ तोकिएको छ ।


गत माभ १४ देखि २४ तथा फागनु २ देखि १० गतेसम्म खोप लगाएका अति आवश्यक सेवाका कर्मचारी, वृद्धवृद्धा, जनप्रतिनिधि तथा सफाई कर्मचारीलाई खोप लगाइन लागिएको सहायक प्र्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी