धरापमा गण्डकी सरकारःअविश्वासको प्रस्तावमा जनमोर्चाको समर्थन घोषणाले तरंग

  • ख-
  • ख+

दमौलीः मुख्य सहयात्री घटक माओवादी केन्द्र बाहिरिएको केही दिनमै मुख्यमन्त्री पृथ्वीशुब्बा गुरुङमाथिको अविश्वासको प्रस्तावमा सघाउने राष्ट्रिय जनमोर्चाले घोषणा गरिदिए पछि गण्डकी प्रदेश सरकार ढल्ने निश्चित देखिएको छ ।


नेकपा विभाजनपछि देशैभरका सरकारमध्ये सबैभन्दा बलियो ठानिएको गण्डकी प्रदेश सरकार पछिल्ला केही दिनम विकसित घटनाक्रमले जोखिममा देखिएको छ । विपक्षी नेपाली कांग्रेसले सरकार गठनको गृहकार्य गरे पनि माओवादी केन्द्र सरकारमा रहिरहने अनि जनमोर्चाको सरकारसँगको सम्बन्धका कारण पृथ्वीशुब्बा गुरुङ कम्फर्ट जोनमा रहेको चर्चा थियो ।


तर एकाएक विकसित घटनाक्रमले कांग्रेसलाई आफ्नो नेतृत्वमा सरकार गठनको बाटो खुला गरेको छ । जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले गण्डकी सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीका पक्षमा काम गरेको र त्यसले प्रतिगमनलाई सघाएको भन्दै जोसुकैले गठन गर्ने सकारलाई समर्थन दिने विज्ञप्ति जारी गरे पछि कांग्रेसले कसरत बढाएको छ ।

यसले कांग्रेसको प्रदेश संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई सरकारको नेतृत्व गर्न बाटो खुला गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी