जेसिज कार्यक्रममा चुनावको रौनक

  • ख-
  • ख+

दमौलीः जेसिआई व्यास नगरले बुधबार दमौलीमा नयाँ वर्ष २०७८ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम राखेको थियो । शुभकामना आदानप्रदान भनिए पनि कार्यक्रममा उपस्थित वक्ताहरु र उनीहरुका भनाईले दमौलीमा हुँदै गरेको व्यापारीको चुनावको छनक दिइरहेको थियो ।


जेसिजमा आवद्ध पूर्व अध्यक्ष तथा पदाधिकारी नै विभिन्न पदमा आकांक्षी देखिए पछि त्यो फोरम मतदातामाझ अन्र्तक्रियाको जस्तो पनि बन्न पुग्यो । अध्यक्षका प्रत्यासी पविन्द्रकुमार श्रेष्ठ तथा अर्जुन अधिकारी दुवै जेसिजका पूर्व अध्यक्ष हुन् ।

यसका अलावा प्रथम उपाध्यक्षका आकांक्षी सुरेश पुरी पनि पूर्व अध्यक्ष हुन् भने हालै बजार एकाईमा निर्वाचित महत्वपूर्ण पदाधिकारी पनि जेसिजकै पूर्व अध्यक्ष तथा वर्तमान पदाधिकारी छन् ।

यसले पनि जेसिजको कार्यक्रम शुभकामना भन्दा चुनावमा बढी केन्द्रीत देखिन्थ्यो ।
कार्यक्रममा उपस्थित अध्यक्षका प्रत्यासी दुवै पूर्व अध्यक्ष श्रेष्ठ र अधिकारीले सहमतिका लागि अधिकतम प्रयास भैरहेको भन्दै सहमति नभएमा आफ्ना पक्षमा मत मागे ।

प्रथम उपाध्यक्षका आकांक्षी सुरेश पुरीले पनि जेसिजबाट साथको अपेक्षा गरे ।
बजार एकाईको सभापतिमा निर्वाचित भुपाल आले तथा उप सभापति राजेश मल्लले जेसिजका सदस्यको साथ र सहयोग महत्वपूर्ण रहेको बताए ।

जिल्ला प्रतिनिधि निर्वाचित एकप्रसाद श्रेष्ठले पनि आफ्नो जीतका लागि सदस्यहरुप्रति आभार प्रकट गरे । संस्थापक अध्यक्ष रामलाल श्रेष्ठ तथा पूर्व अध्यक्ष विष्णुकुमार मल्ल र गणेशचन्द्र बस्नेतले जेसिजले सक्षम नेतृत्व उत्पादन गरेको भन्दै आगामी दिनमा पनि यस्तै निरन्तरताको कामना गरे ।

कार्यक्रममा नेपाल जेसिजका राष्ट्रिय कोषाध्यक्ष पविन्द्र भट्टराईले जेसिआई व्यास नगरले विगतदेखि नै नेतृत्व विकासमा जोड दिएको भन्दै विभिन्न ठाउँमा जेसिजका नेतृत्व स्थापित भएको उदाहरण प्रस्तुत गरे ।
कार्यक्रममा अध्यक्ष लक्ष्मीभक्त खनालले जेसिजका पदाधिकारी महत्वपूर्ण पदमा पुग्नु गर्वको विषय भन्दै आगामी नेतृत्वमा जानका लागि पनि आकांक्षीलाई शुभकामना दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी