समानान्तर कमिटिमा रहनेमाथि कैंची चलाउँदै तनहुँ एमाले :कहाँ कसलाई जिम्मेवारी

  • ख-
  • ख+

दमौलीः माधव नेपाल पक्षले समानान्तर कमिटी गठनलाई स्थानीय तहसम्म तीव्र पार्न थाले पछि नेकपा एमाले तनहुँको संस्थापन पक्षले नेताहरुमाथि कैंची चलाउन थालेको छ ।

पार्टी अध्यक्ष केदार सिग्देलको अध्यक्षतामा दमौलीमा सोमबार बसेको बैठकले १० वटै स्थानीय तहमा आफूपक्षीय नेता मात्र रहने गरी कमिटी गठन गरिएको छ ।

पार्टी केन्द्रीय सदस्य प्रतापलाल श्रेष्ठ र गण्डकी कमिटी सदस्य शंकरनारायण श्रेष्ठसहितका नेताहरु सक्रिय रुपमा समानान्तर कमिटी विस्तारमा लागे पछि संस्थापन पक्षले त्यसको प्रतिवाद थालेको हो । उसले उनीहरु रहेको पदमा अरुलाई नै जिम्मेवारी तोक्न थालेको हो ।
यस अघि प्रतापलाल श्रेष्ठ जिल्ला ईञ्चार्ज र खेमानिकट श्रीराम कार्की व्यास नगर अध्यक्ष थिए ।


दमौलीमा मंगलबार गरिएको पत्रकार सम्मेलनमा पार्टी जिल्ला अध्यक्ष केदार सिग्देलले समानान्तर संगठन चलाउनेलाई कारबाही गर्ने चेतावनी दिए । ‘हामीले अहिले कारबाही गरिसकेका छैनौं,’ उनले भने,‘कतिपयको नाम इच्छाविपरित रहेको सुन्नमा आएको छ । तर जाँचबुझपछि भने कारवाही गछौं ।’ उनले अहिले कसैलाई पनि कारवाही नगरिएको र यथास्थानमा राखिएको दाबी गरे ।


यसबीचमा पार्टीले हरेक स्थानीय तहसम्म पुगेर संगठित सदस्यता थप्ने र नवीकरणको अभियान पनि चलाउने घोषणा गरेको छ । पार्टी अध्यक्ष सिग्देलले भने,‘लामो समयदेखि रोकिएको सदस्यता नवीकरण र वितरण दुवै काम जेठ १५ भित्र शुरु हुन्छ ।’


पार्टीले नौ सदस्यीय समिति बनाउँदै त्यसैमार्फत नै नयाँ सदस्यता विस्तार र नवीकरणको निर्णय गर्ने बताएको छ । जसमा अध्यक्ष सिग्देल नै संयोजक छन् ।

व्यासमा प्रदीप ईञ्चार्ज, न्यौपाने अध्यक्ष
पार्टीले व्यास नगर कमिटीको ईञ्चार्जमा प्रदीपराज अधिकारीलाई तोकेको छ । बैठकले नगरको अध्यक्षमा कृष्णप्रसाद न्यौपाने र सचिवमा निर्मल पण्डितलाई तोकेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
को कहाँ ?
व्यास नगर कमिटी
इन्चार्जः प्रदीपराज अधिकारी
अध्यक्षः कृष्णप्रसाद न्यौपाने
सचिवः निर्मल पण्डित

भानु नगर कमिटी
इन्चार्जः सीताराम बजगार्इं
अध्यक्षः प्रेम राना
सचिवः गोविन्द पौडेल

शुक्लागण्डकी नगर कमिटी
इन्चार्जः देवलाल खनाल
अध्यक्षः मुक्ति तिमिल्सिना
सचिवःरघुनाथ पौडेल
भिमाद नगर कमिटी
इन्चार्जः धर्म खनाल
अध्यक्षः इमानबहादुर थापा
सचिवः उमाकान्त श्रेष्ठ

देवघाट गाउँ कमिटी
इन्चार्जः बाबुराम अधिकारी
अध्यक्षःकेशवचन्द्र न्यौपाने
सचिवः भीमबहादुर गुरुङ
आँबुखैरेनी गाउँ कमिटी
इन्चार्जः ऋषि केसी
अध्यक्षः मिना अधिकारी
सचिवः दिलबहादुर गुरुङ
बन्दीपुर गाउँ कमिटी
इन्चार्जः ईन्द्रबहादुर कुँवर
अध्यक्षः सुरेन्द्र थापा
सचिवः कुलेन्द्र गौतम

म्याग्दे गाउँ कमिटी
इन्चार्जःरत्नादेवी घिमिरे
अध्यक्षःभीमबहादुर विक
सचिवःसोमबहादुर आले

घिरिङ गाउँ कमिटीः

इन्चार्ज होमबहादुर थापा
अध्यक्षःइन्द्रबहादुर थापा
सचिवः भुवन विश्वकर्मा
ऋषिङ गाउँ कमिटी
इन्चार्जमा हरिराज कँडेल
अध्यक्षः गञ्जसिं गुरुङ
सचिवः प्रेम रानाभाट

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी