बाराही सामूदायिक वनमा पर्यटन पूर्वाधार विकास कार्यक्रमको शिलान्यास

  • ख-
  • ख+

विकास खनाल म्याग्दे : म्याग्दे गाउँपालिका वडा नँ १ मा रहेको बाराही सामुदायिक वन उपभोक्ता समुहको क्षेत्रमा पर्यटन पुर्वाधार विकास कार्यक्रमकाे शिलान्यास भएको छ । प्रमुख अतिथि डिभिजन वन कार्यालय तनहुँका डिभिजनल वन अधिकृत श्री कोमल राज काफ्लेले कार्यक्रमकाे शिलान्यास गरे । शिलान्यास कार्यक्रममा बाेल्दै प्रमुख अतिथि काफ्लेले खुशी नेपाली अभियान अन्तरगत स्थानीय स्तरमा यस्ता कार्यक्रमहरुको महत्व रहेको बताए । पर्यटन पूर्वाधार निर्माण संगै पर्यटकहरु आकर्षित हुने कार्यक्रम समेत सँगसँगै अगाडी वढाउनु पर्ने काफ्लेको भनाइ थियो । गाउँघरमा उत्पादन वढाउने गरी स्वरोजगारमा लाग्नुहाेस् उपभोक्तालाई सुझाव दिँदै काफ्लेले भने । डिभिजन वन कार्यालय तनहुँको रु ५ लाख अनुदान सहयोग एवं उपभोक्ताहरुको थप २०% लगानी हुने गरी म्याग्दे गाउँपालिकाको तल्लो गुणादी स्थित वगुवा वेलडाडा भन्ज्याङमा पर्यापर्यटन पार्क निर्माण हुन लागेको उपभोक्ता समूहका अध्यक्ष श्री मुक्तीनाथ खनालले जानकारी दिए । उपभोक्ता समिति निरन्तर लागेर जसरी भए पनि निर्माण कार्य सम्पन्न गर्ने खनालको भनाइ थियो । साे कार्यक्रममा नेपाली कांग्रेस म्याग्दे गाउँ कार्यसमितिका सचिव पुष्पराज खनाल , गुणादी टोल विकास समितिका सचिव विनोददत्त खनाल , उपभोक्ता विकास राज खनाल लगायतले गुणादीको विकासमा पर्यापर्यटन पार्कले महत्व पूर्ण भुमिका खेल्न सक्ने वताएका थिए । साे कार्यक्रममा सहायक वन अधिकृतहरु महा प्रसाद ओझा , विनय अधिकारी एवं डिभिजन वन कार्यालयका अधिकृत पुष्प खनाल समेतले योजना सफलताको शुभकामना दिएका थिए । यस अघि समूहका उपाध्यक्ष उमा सुनारले समूहले गरेका नमूना कार्यहरुको जानकारी दिँदै स्वागत मन्तव्य तथा संचालन समूहकी सचिव देउमाया आलेले गरेकि थिइन् । कार्यक्रममा स्थानीय वुद्दिजिवी लगायत समूहका उपभोक्ताहरु , पदाधिकारीहरु एवं सदस्यहरुको उल्लेख्य सहभागिता रहेको थियो । वगुवा वेलडाडा भन्ज्याङ पार्क क्षेत्र भित्र रहेका विभिन्न प्राकृतिक गुफाहरु, तातो वाफ आउने गुफा , गुणादी खोलाको रमणिय झरनाहरु, रकक्लाईविङ को लागि उपयूक्त क्षेत्र साथै विभिन्न साहसिक खेलको लागि उपयूक्त पूर्वाधार रहेको हुँदा यस क्षेत्रलाई पर्यटकिय गन्तव्यको रुपमा पहिचान गराउन स्थानीय ले माग गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी