महोत्सव सफल पार्न सुझाव संकलन गर्दै ऋषिङ्ग महोत्सवका आयोजक

  • ख-
  • ख+



ऋषिङ्ग: पाँचौं ऋषिङ्ग सांस्कृतिक महोत्सव आयोजक र सल्लाहकार समितिको बैठक सम्पन्न भएको छ । मुल समारोह समितिका संयोजक शम्भु थापा मगरको अध्यक्षतामा सम्पन्न बैठकले महोत्सव सफल बनाउनको लागि आवश्यक सुझाव संकलन तथा कार्यदिशा समेत तयार गरेको छ । महोत्सबाट स्थानिय सांस्कृतिक प्रदर्शनी तथा ऋषिङ्ग भित्र रहेका ऐतिहासिक,  पुरातात्विक बिषयहरुको जानकारी सहित ऋषिङ्गको पर्यटन विकास गर्ने उद्देश्यले महोत्सबलाई फलदायी बनाउने अपेक्षा सहित कार्यसम्पादन गर्ने निर्णय गरेको आयोजकले जनाएको छ । 
बैठकमा वडा नं २,४,५ , ६,७ का वडाध्यक्षहरु , ऋषिङ्ग महोत्सबका पूर्व संयोजकहरु र विभिन्न उपसमितिका संयोजक तथा सदस्यहरुले महोत्सव सफल बनाउनको लागि ब्यवस्थापकिय तथा आर्थिक व्यवस्थापन लागि सहयोगको लागि पहल गर्ने बताएका छन् ।  कार्यक्रममा  सल्लाहाकारहरुले आयोजकलाई आर्थिक पारदर्शिता तर्फ अत्यन्त चनाखो भएर लाग्न सुझाव समेत प्रदान  गरेका पाँचौं ऋषिङ्ग सांस्कृतिक महोत्सबका प्रबक्ता दान बहादुर आलेले  जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी