अवैध उत्खनन् आरोपमा सात टिप्पर र एक एक्साभेटर नियन्त्रणमा

  • ख-
  • ख+

दमौलीः अवैध उत्खनन् गरेको भन्दै तनहुँ प्रहरीले सात टिप्पर र एउटा एक्साभेटर नियन्त्रणमा लिएको छ ।


म्याग्दे गाउँपालिका वडा नं. ५ स्थित सेती नदीको किनारबाट अबैध रुपमा बालुवा उत्खनन् एवं लोड गर्दै गरेको भन्दै ग १ क २८७९ नं. को एक्साभेटर सहित ग १ ख ८७७७ नं. को टिप्परलाई ईलाका प्रहरी कार्यालय भिमादबाट खटिएको प्रहरी टोलीले फेला पारी नियन्त्रणमा लिई पठाएकामा म्याग्दे गाउँपालिकाले ४० हजार जरिवाना गराएको प्रहरी नायब उरीक्षक युवराज तिमल्सेनाले जानकारी दिए ।


यसैगरी, तनहुँ बन्दीपुर ६ सराङघाट स्थितमा अवैध सञ्चालनको अभियोगमा बन्द नमुना ग्रिड एण्ड क्रसर उद्योग प्रा.लि.बाट अवैध रूपमा ढुङ्गा गिट्टी बालुवा बोकी व्यास १४ एक्लेभट्टी स्थित साराङघाट तर्फबाट दमौली तर्फ ल्याउदै गरेको अवस्थामा ग १ ख ४७२७, ग १ क ३४२३, ग १ ख ९२५३ र ग १ ख ७९९७ नं. को टिप्परलाई नियन्त्रणमा लिएर जिल्ला समन्वय समितिको कार्यालय तनहुँमा पठाइएको प्रहरीले जनाएको छ ।


यसैगरी, भानु नगरपालिका वडा नं. ९ दमालघाट स्थितबाट अबैध रुपमा बालुवा उत्खनन् गरी लिई हिडेको भन्दै ग १ क ५२२० नं. को टिप्परलाई प्रहरी चौकी पुर्कोटबाट खटिएको प्रहरी टोलीले फेला पारी नियन्त्रणमा लिई भानु नगरपालिकाको कार्यालय बुझाएकामा २० हजार जरिवाना तिराइएको छ ।


यसैगरी, म्याग्दे गाउँपालिका स्थित सेती दोभान घाटबाट अबैध रुपमा गिट्टी बालुवा उत्खनन् गरी ओसार पसार गर्दै गरेको अवस्थामा ग १ क ४२९० को टिप्परलाई प्रहरी चौकी थर्पुबाट खटिएको प्रहरी टोलीले फेला पारी नियन्त्रणमा लिई म्याग्दे गाउँपालिकाको कार्यालय तनहुँमा बुझाएकोमा २३ हजार रुपैयाँ जरिवाना भएको डिएसपी तिमल्सेनाले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी