व्यासभूमिमा एकै दिन दुई हिन्दू दर्शनका पुस्तक लोकार्पण

  • ख-
  • ख+

दमौलीः दमौलीमा हिन्दु दर्शनमा आधारित दुई पुस्तक एकै दिन लोकार्पण गरिएको छ । पराशर आश्रममा आयोजित कार्यक्रमका बीच स्वर्गीय डा. रामानन्द गिरीजी महाराजद्वारा लिखित अध्यायत्म रामायणको नेपाली अनुवाद र व्यासका अध्येता काशिनाथ न्यौपानेलिखित व्यास पराशर पुस्तकको लोकार्पण गरिएको हो ।


देवघाटको महेश सन्यास आश्रमका पीठाधिश एक हजार आठ स्वामी डा. रमणानन्द गिरी, राष्ट्रिय परोपकार महासंघका केन्द्रीय अध्यक्ष कमलनयन गौतम तथा व्यास नगर प्रमुख बैकुण्ठ न्यौपानेले दुवै पुस्तकको लोकार्पण गरे । अध्यायत्म रामायण स्वर्गीय गिरीको अन्तिम पुस्तक भएको बताइएको छ ।


न्यौपानेद्वारा लिखित पुस्तक यस अघि प्रकाशित व्यास पुस्तकमा परिमार्जन गरेर पराशर समेतका थप जानकारीमूलक सामग्री रहेको बताइएको छ ।
व्यास नगरपालिकाले प्रकाशन गरेको पुस्तक व्यास नगरपालिका क्षेत्रका कक्षा ११ र १२ मा पठनपाठनमा उपयोग हुने बताइएको छ ।


कार्यक्रममा बोल्दै डा. रमणानन्द गिरीजी महाराजले पराशर क्षेत्रको आध्ययत्मिक महत्वलाई थप उजागर गर्नुपर्नेमा जोड दिए ।


पराशर आश्रम संरक्षण समितिका अध्यक्ष ताराप्रसाद श्रेष्ठले सेती नदीबाट झिकिने गिटी बालुवाका कारण आश्रम संकटमा परेको भन्दै यसबाट जोगाउन सरोकारवाला लाग्नुपर्ने बताए ।

कार्यक्रममा प्रदेश सभा सदस्य डोवाटे विक, जिल्ला समन्वय समिति प्रमुख शान्तिरमण वाग्ले, व्यास नगर प्रमुख बैकुण्ठ न्यौपाने, प्रमुख जिल्ला अधिकारी सागर आचार्य, व्यास नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत डिल्लीराम सिग्देल, व्यासका अध्येता एवं पुस्तक लेखक काशिनाथ न्यौपाने, व्यास क्षेत्र शिव पाञ्चायन विकास कोषका उपाध्यक्ष प्रेमप्रकाश भट्टराई लगायतले बोलेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी