म्याग्देको परिचयात्मक खण्डकाव्य विमोचन

  • ख-
  • ख+

म्याग्दे: म्याग्देकाे संक्षिप्त परिचयात्मक पुस्तककाे अध्यक्ष राना द्वारा विमोचन अग्निश्वर साहित्य पर्वकाे अवसर पारेर म्याग्दे साहित्य समाजले प्रकाशन गरेको गरेको म्याग्देकाे संक्षिप्त्त परिचयात्मक पुस्तककाे म्याग्दे गा.पा.अध्यक्ष मायादेवी रानाबाट विमाेचन भएको छ ।

पुस्तककाे विमाेचन गर्दै अध्यक्ष रानाले म्याग्देलाइ शाहित्यकाे क्षेत्रमा चिनाउन पुस्तक प्रभावकारी हुने बताइन् । अाफ्नाे ठाउँ चिनाउन , नयाँ साहित्यकार उत्पादन गर्न पुस्तक सहयोगी हुने रानाले बताइन् । कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले म्याग्दे साहित्यकाे उर्वर भुमि भएको बताए ।

टेकुमायां सिग्देलले सञ्चालन गरेको उक्त कार्यक्रमकाे म्याग्दे साहित्य समाजका अध्यक्ष चन्द्रमणि अधिकारी लेअध्यक्षता गरेका थिए । साे अवसरमा रचनाकार कालिदास भट्टराईले पुस्तककाे बारेमा प्रकाश पारेका थिए ।

कार्यक्रममा रुपक वनवासी , टेकुमाया सिग्देल , शारदा काफ्लेले कविता गजल वाचन गरेका थिए । गहेन्द्रप्रसाद घिमिरे र टेकुमाया सिग्देलले समिक्षा गरेको उक्त कार्यक्रममा कविता वाचन प्रतियोगिता समेत भएको थियो ।

प्रतियोगितामा प्रथम हुने बसन्त कुमाल , द्वितीय हुने बिनिता श्रेष्ठ र तृतीय हुने सरस्वती बि.क.लाई कार्यक्रमका अध्यक्ष चन्द्रमणि अधिकारीले पुरस्कार वितरण गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी