नेपाल प्रहरीका कान्छा डिएसपी बने तनहुँका मोहनमणि

  • ख-
  • ख+

दमौलीः तनहुँ थर्पूका मोहनमणि अधिकारी नेपाल प्रहरीको डिएसपीमा बढुवा भएका छन् । नेपाल प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा कार्यरत अधिकारी नेपाल प्रहरीको बढुवा समितिले बढुवा गरेको ४६ प्रहरी अधिकृतमध्ये नवौं नम्बरमा परेका छन् ।


समितिले कार्यसम्पादन र वरिष्ठताका आधारमा बढुवा अंक दिने गर्छ । यसै आधारमा उनी बढुवा सूचीको अग्रस्थानमा छन् । २०६७ सालमा ईन्स्पेक्टरबाट सेवा प्रवेश गरेका युवा अधिकृत अधिकारी अहिले बढुवा भएका मध्ये सबैभन्दा कान्छा हुन् ।

सेवा थाल्दा नै सबैभन्दा कान्छा अधिकृतका रुपमा प्रवेश गरेका उनी बहालवाला अधिकृतमध्येमा पनि कान्छा नै हुन् ।


सानै उमेरमा महत्वपूर्ण जिम्मेवारी
सेवा आरम्भ गरेयता नै अधिकारीले महत्वपूर्ण जिम्मेवारी सम्हाल्दै आएका छन् । ईलाका प्रहरी कार्यालय बुटवलबाट सेवा थालेका उनले पर्यटक प्रहरी, प्रहरी महानिरिक्षकको सचिवालय, महानगरीय प्रहरीको अपराध महाशाखा, वडा प्रहरी कार्यालय बैदाम, नेपाल प्रहरी विद्यालय बेलचौतारा हुँदै प्रहरी प्रशिक्षण प्रतिष्ठानको जिम्मेवारी पनि सम्हालिसकेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी